काठमाडौं । अस्मिता खवासको हृयाट्रिकसँगै बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलअन्तरले पराजित गरेको हो । खवासले हृयाट्रिक गर्दा साहारा लिम्बू र आरती भुजेलले समान एक गोल थप्नुभयो । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले एक गोल फर्काउनुभयो । वागमतीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको १७औं मिनेटमा अस्मिताले गोल गर्दै अग्रता दिलाउनुभयो ।
सुदूरपश्चिमकी डिफेण्डर मनीषा ओखेडाबाट पेनाल्टी बक्समा वागमतीकी आरती भुजेलले बल खोस्दै दिएको पासमा अस्मिताले दोस्रो बार च्यापेर गोल गर्नुभएको हो । दोस्रो गोल पनि सुदूपश्चिमले डिफेन्डरकै गल्तीमा सामना गर्यो । २६औं मिनेटमा साहाराले पेनाल्टी बक्सबाट उत्कृष्ट गोल गर्दै वागमतीको अग्रता दोब्बर बनाउनुभयो । यसपल्ट पनि सुदूरपश्चिमकी डिफेन्डर संगीता विकबाट साहाराले बल खोस्दै गोल गर्नुभएको हो । वागमतीकी अस्मिताले ३६औं मिनेटमा नजिकै दूरीबाट गरेको प्रहार सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदले पन्च गर्दै जोगाउनुभयो ।
तर, सुदूरपश्मिचका डिफेन्डरले पेनाल्टी बक्समा रिबाउन्ड बललाई क्लियर गर्न सक्नुभएन । सोही बल नियन्त्रणमा लिँदै ३७औं मिनेटमा आरतीले सहजै गोल गर्नुभयो । यससँगै पहिलो हाफमा वागमती युथ ३-० ले अगाडि रहृयो । दोस्रो हाफमा पनि सुदूरपश्चिमले फितलो प्रदर्शन गर्यो । यद्यपि, वागमतीले चौथो गोलका लागि ८०औं मिनेटसम्म प्रतिक्षा गर्नुपर्यो । यसपल्ट अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै वागमतीलाई ४-० ले अगाडि बढाउनुभयो ।
उहाँले आरती भुजेलसँग वान टु वान पास गर्दै पेनाल्टी बक्सबाट सहजै गोल गर्नुभयो । दुई मिनेटपछि नै अस्मिताले अर्को गोल थप्दै हृयाट्रिक पूरा गर्नुभयो । लिगमा यो पहिलो हृयाट्रिक पनि हो । दिव्या मगरले दिएको कट पास सदुपयोग गर्दै अस्मिताले पेनाल्टी बक्सबाट गरेको भली प्रहार गोलमा परिणत भयो । उहाँको प्रहार जोगाउन सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरीसँग अवसर नै थिएनन् । ९०औं मिनेटमा सुदूरपश्चिमले सान्त्वना गोल फर्कायो । तुल्छाले तीन डिफेन्डरको बीचबाट गोल गर्दै सुदूरपश्चिमको अन्तर ५-१ ले छोट्याउनुभयो ।
वागमतीका डिफेन्डर अनिषा बिकले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिनुभएकी तुल्छाले ड्रिब्लिङ गर्दै करिब १८ यार्डबाट गोल गर्नुभएको हो । उहाँले बागमतीकी गोलकिपर करुणा बुढोथोकीको माथिबाट गरेको प्रहार गोलमा परिणत भएको हो । यो खेलमा अस्मिता प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच