काठमाडौं । स्वास्थ्य र धन बचत खाता भन्ने नाराका साथ सिटिजन्स बैंकले जनताको सम्पत्ति वा रकम सुरक्षाका साथै ग्राहकको स्वास्थ्य योजना पनि ल्याएको छ । निक्षेप जम्मा गर्ने ग्राहकको बैंकले स्वास्थ्य पनि हेरचाह गर्ने भएको हो । बैंकका निक्षेप प्रमुख पारशविक्रम थापाले स्वास्थ्य र धनलाई सन्तुलन गर्न यो प्रोडक्ट ल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी तपाईंको स्वास्थ्य र धनको ख्याल राख्छौं’ भन्ने मूल नाराका साथ बैंकले स्वास्थ्य र धन बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खातामा ग्राहकले स्वास्थ्य र धन गरी दुईवटा फाइदा लिन सक्नेछन् ।
बैंकका अनुसार स्वास्थ्यतर्फ ग्राहकले वर्षमा एकपटक सम्पूर्ण शरीर निःशुल्क जाँच्न र परामर्श लिन पाउनेछन् । साथै ग्राहकले दाँत, छाला र आँखासम्बन्धी निःशुल्क परामर्श पाउनेछन् भन इफार्मेसीद्वारा सञ्चालित निःशुल्क डेलिभरी र चिकित्सा खरिदमा विशेष छुट पाउनेछन् । स्पा गर्न चाहने ग्राहकले पनि विशेष छुट पाउनेछन् । यस बचत खाता योजनाको सम्पत्तितर्फ खाता खोलेको पहिलो वर्ष इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्डमा कुनै पनि शुल्क लाग्ने छैन भने लकरको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुट र न्यूनतम तीन लाख जम्मा गर्दा शतप्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै एक लाख रुपैयाँ सीमा भएको मेडिकल क्रेडिट कार्ड जारी शुल्कमा शतप्रतिशत छुट पाइनेछ ।
स्वास्थ्य र धन बचत खाताका ग्राहकले सिटिजन क्यापिटलको पिएमएस सेवामा ५० प्रतिशतसम्म छुटका साथै सिबिआइएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर खाता खोल्न पाउनेछन् । यस बचत खातामा प्रत्येक महिना न्यूनतम एक सय रुपैयाँसम्म कट्टा हुने गरी आकस्मिक कोष खडा गर्न सकिने व्यवस्था छ । जुन रमकमा मुद्दती खातासरह ब्याज प्राप्त गर्न सकिनेछ । यस बचत खातामा विदेशी मुद्रा खरिदबिक्री गर्दा ०.१० पैसा छुटका साथै ग्राहकले डलर ट्राभल कार्ड जारी गर्दा २५ प्रतिशतसम्म छुट पाउनेछन् । इकोम कार्ड जारी शुल्कमा पनि ५० प्रतिशतसम्म छुट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच