काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिसँग सहकार्य गरेको छ । जसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत् सिजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।
नथिङ तथा सिएमएफ ब्राण्डका मोबाइल फोन खरिदमा ७.४ प्रतिशतसम्म तथा इयरवड तथा अन्य एक्सेसरिज खरिदमा नौ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।