बागलुङ । यति बेला बागलुङ बजारका चोक-चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुन्जयमान बन्दै आएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (बर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ । बागलुङ बजारमा पछिल्लो दिनमा रोपाई नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेको छ । घोडा नाच, थेतर नाच, होवा नाच लगायतका नाच प्रदर्शनको तयारीमा रहेका छन् ।
यहाँको पुरानो नाचमध्येका विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ । लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संकटका बीच संरक्षण गर्दै आएका छन् । तर निकै खर्चिला नाचहरु थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा ९ वर्षपछि हनुमान नाचको समेत तयारी थालिएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो ।
शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ भने हनुमान नाच संरक्षण परिसदले हनुमान नाचलाई जिवित तुल्याउदै आएको छ । यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाई नाचलाई व्यवस्थित बनाएर देखाउदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाईमा वर्षोसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा समेत शुरु गरिएको छ ।
मंका खल बागलुङका अध्यक्ष मुशेकचन्द्र राजभण्डारीले गाइजात्रापछि बागलुङ बजारमा जात्राको रौनताका छाउने गरेको बताउनुभयो । उहाँले बागलुङमा घण्टाकर्ण पर्वपछि लाखे नाच देखाइने, गाइजात्राका दिन बास्सा नाच समेत देखाइएको बताउनुभयो । त्यस यता कटुवाल नाच देखि रोपाई नाच र जोगी नाचसम्म बागलुङ बजारमा प्रदर्शन भइसकेको छ । बागलुङमा ९ वर्षपछि भदौं ११ गतेदेखि हनुमान नाच समेत देखाउने तयारी भइरहेको राजभण्डारीको भनाई छ ।
“विसं १८४३ सालअघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदाय अन्तर्गत पर्ने र नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारी लगायतका समुदाय मिलेर बर्खे जात्रालाई संरक्षण गरिएको छ” राजभण्डारीले भन्नुभयो “सिखारी नाच, थेतर नाच र नाग नागिनी नाच जोगाउन नसकेर लोप भइसके, लाखेको पनी तीन नाच मध्ये एउटा मात्रै नाच जिवित छ, यहाँका नेवार समुदायका युवाहरुले पछिल्लो समय सक्रियता देखाएर भदौरे जात्रालाई थप रौनकता ल्याउने काम गरेका छन् ।”
स्थानीय काजी गाउँले श्रेष्ठका अनुसार भदौरे नाच दुई सय ३८ वर्ष पुरानो भएको बताउनुभयो । श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले थेतर, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवा लगायतका नाचहरू प्रदर्शन भइरहेको बताउनुभयो । नेवार जातिका कला संस्कृति अन्तर्गतका धेरै नाच आर्थिक हिसाबले खर्चिला भएपछि जोगाउन मुश्किल भएको श्रेष्ठको भनाई छ ।
अहिले भदौरे नाचको अवसरमा देखाइएका नाचका कारण बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण ९ वर्षपछि मात्रै हनुमान नाच देखाउन थालिएको बताउनुभयो । गाईजात्राको दिन निकै खर्चिलो मानिएको बास्सा नाच देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेको पाइन्छ ।
भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको हुन्छ । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने गर्द छ । भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।
भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको छ । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएको नेवार समुदायको भनाई छ । ९ वर्षपछि देखाउन थालिएको हनुमान नाचको तयारीलाई सम्त तिब्रता पारिएको छ । कलाकारहरुले हनुमानको भेष बनाएर नाचिने भएकाले यो नाँचलाई हनुमान नाँच भनिएको हो ।
यो नाचमा कम्तीमा १३ जोडी कलाकार चाहिन्छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाँच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वासले यो नृत्य देखाइन्छ । १६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नु पूर्व साता दिनसम्म युवाहरू व्रहमचर्यमा बस्नुपर्छ । यो नाच रामायणको कथामा आधारित रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच