सर्लाही । सर्लाहीकाे पूर्वी क्षेत्रमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । यस वर्ष पर्याप्त आकाशे वर्षा भईदिँदा किसानले जिल्ला भर धान रोपाइँ समयमै गर्न सकेका छन् भने अहिले किसानले धान लगाएको अधिकांश क्षेत्रमा धान संगै माछा समेत देखा परेका छन् ।
नहर तथा कुलो लाग्ने क्षेत्रमा माछा देखा पर्नु सामान्य भयपनि आकाशे वर्षाको भरमा खेती हुने स्थानमासमेत माछा देखा पर्नुले यस वर्ष हाल सम्म पर्याप्त वर्षले साथ दिएको किसानसमेत रहेका नागरिक समाज सर्लाहीको अगुवा रजनी कान्त झा बताउनु हुन्छ । बिगत ७-८ वर्ष पछि निरन्तर र खेतमा पानी नसुक्ने गरि पानी परेकाले समेत खेतमा माछा देखा परेको हो । माछाको जीवन संन्चालन हुनु पानी अति आवश्यक हुन्छ यस वर्ष समय समयमा धान रोपेको बेला देखि पानी परिरहेकाले गर्दा खेतमा माछा देखा परेको छ ।
धान खेतमा हिले, बाम, ढैचा, गरहीलगायतका जातको माछा हुने गरेका छन् । यस्ता प्रजातिका माछा कम पानी तथा हिलो जमिनमा समेत सहज रुपमा बच्ने गर्दछन । पछिलो समय छिटो पाक्ने प्रजातिको धान लगाउन थालिएकाले समेत माछालगायत जलचर कमी हुँदै गएको देखिन्छ भने खेत वारिमा हालिने विषादी, कुलोको सट्टा बोरिङ तथा ईनारको पानी र जल वायुमा आयको परिवर्तनले समेत धान खेतमा माछा कम हुन थालेका छन् ।
केही वर्ष पहिले सम्म खेतमा प्रस्टरूपमा देखिने बुहारी माछा अहिले हराएर गएको देखिन्छ । करिब करिब यस प्रजातिको माछा लोप हुने अवस्थामा देखा परेको भन्दै यसका जानकारहरूले चिन्ता व्यक्त गरेका छन् । मंसिरमा पाक्ने धान हुँदा माछा हुर्कन सहज हुँने र यसको विकास समेत राम्रो हुने भएपनि छोटो समयका पाक्ने धान रोप्दा छिटै खेत खाली हुँदा यसको विकासमा कमी भयको देखिन्छ । भने यस वर्ष अहिले सम्म परिरहेकाले खेतमा माछा खान बकुला, भुँडीफोर, गडुललगायतको पंक्षि अहिले प्रस्ट खेतमा देखिन्छन् । यो वर्ष शतप्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले दावी गरेको छ ।
कार्यालयका प्रमुख देवानन्द रायले यो वर्ष जिल्लाभर धान खेती हुने सबै खेतमा रोपाइँ सक्किसकेको जानकारी दिनुभयाे । “वर्षाले साथ दिएकाले लगभग सबैजसो किसानले धान रोपिसकेका छन्,” उहाँले भन्नुभयाे “हामीलाई प्राप्त जानकारी अनुसार अब रोपाइँ हुने खेत बाँकी छैन् ।”
सर्लाहीमा ४३ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सर्लाहीमा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा पछिल्लो समय धान खेती हुने जग्गामा नै घर तथा विभिन्न कार्यालय, सडक र अन्य संरचना निर्माण हुँदा खेती हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख रायले बताउनुभयाे ।
“राम्रो धान फल्ने खेतमा अहिले घर र सडक बनेका छन्, त्यसैले पनि खेती हुने क्षेत्रफल घटेको छ,” रायले भन्नुभयाे, “क्षेत्रफल घटेकाले उत्पादनमा समेत गिरावट आउने देखिन्छ ।”
२०६८ सालको गणनामा ८४ हजार हेक्टर खेतीयोग्य जमिन रहेको सर्लाहीमा २०७८ मा आएर ७३ हजार हेक्टरमा खुम्चिएको छ ।
अझै पनि खेतीयोग्य जमिन मासेर घर, कार्यालय र सडक निर्माण हुनेक्रम नरोकिएकाले खेतीयोग्य जमिन घट्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष अहिलेसम्म वर्षाले साथ दिँदा धान खेती राम्रै देखिएको र यसैगरी बेला बेलामा वर्षा भइ राखे उत्पादन राम्रो हुने कृषि प्राविधिकले बताएका छन् ।
बेलैमा रोपेर हरियो फिरिसकेको रोपो अर्थात् धान बालीमा किसानले अहिले धमाधम गोडमेल गरेर मलखाद गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच