बारा । तीज खर्चिलो एवं भडकिलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय बाराले सबैसँग आग्रह गरेको छ ।
हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन साँस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको पूजा अराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुका लागि उपवास बस्नाले मनोकामना पुरा हुने विश्वास रहि आएको छ ।
यस्ता साँस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको हुन्छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको साँस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा दिन प्रतिदिन अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको छ ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताउनुभयो ।
आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिलो एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्न नगराउन उहाँले अनुरोध गर्नु भएको छ ।
पर्व मनाउने सन्दर्भमा अनावश्यक तकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य हो, उहाँले भन्नुभयाे, ‘यस कार्यमा जिल्ला स्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, सञ्चारकर्मीहरु, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ । कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरुको आयोजना गरे÷गराएमा त्यस्तां गतिविधिहरुको निगरानी गरी कानुन बमोजिम कारवाही गरिने उहाँले जानकारी दिनुभयो ।’
सामाजिक व्यवहार सुधार ऐन २०३३ मा स्वयम्बर, साइपाटा, कन्यादान, मुखहेर्न, सम्धी–सम्धीनी भेट सम्बन्धि व्यवहार, जन्तीलाई दुल्ही तर्फबाट खुवाउने सम्बन्धमा, विवाह भएपछि वर्ष दिनसम्म गरिने व्यवहार, सुत्केरी हुनु भन्दा अघि वा पछि गरिने व्यवहार, आमाबुबाको मुख हेर्ने, भाइटीका, सामाजिक व्यवहारमा सगुन लाने सम्बन्धमा, पितृ कार्य गर्दा दान आदि सामाजिक व्यवहारमा आमन्त्रण गरिने पाहुनाहरुको संख्या, भोजमा बोलाउने नजिकका नातेदारहरुको अधिकतम संख्या तोक्ने लगायतको बारेमा यो ऐनले दिशा निर्देश गरेको उहाँले जानकारी दिनुभयो ।
तर ऐन बनाउनेहरुले नै यसको पालना नगर्दा यो एने परिपालना हुन नसकेको उहाँले बताउनुभयो । आवश्यकता भन्दा बढी भडकिलो र खर्चिलो बन्दै गएको चाडपर्वले आम नागरिकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गरेकोले यसको नियमन गर्नु पर्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच