काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित १५९औं मोती जयन्तीका अवसरमा प्रमुख अतिथि प्राडा.माधवप्रसाद पोखरेलले श्रेष्ठवलाई ४० हजार रुपैयाँको थैलीसहित सम्मानपत्र अर्पण गर्नुभएको थियो । प्रा.रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिश अनुसार उक्त पुरस्कार धादिङका श्रेष्ठलाई समर्पण गर्ने निर्णय भएको जनाइएको छ ।
पुरस्कार ग्रहण गरेसँगै श्रेष्ठले नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने बताउनुभयो । उक्त अवसरमा प्राडा.पोखरेल, कोषका सचिव डा.विष्णुबहादुर भण्डारी, साहित्यकार रमा शर्मालगायतले मोतीराम भट्टको साहित्यिक योगदान र युवावर्ष मोती पुरस्कारको गरिमामाथि चर्चा गर्नुभएको थियो । पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा-कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय हुनुहुन्छ । साथै उहाँ समकालिन कला-साहित्य क्षेत्रमा प्रतिबद्ध युवा रंगकर्मी र चलचित्रकर्मीको रूपमा परिचित हुनुहुन्छ ।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विसं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो ।
मोती जयन्ती, कुशे औंसीको अवसरमा आयोजित लेखनाथ साहित्य सदनमा भएको समारोहमा यसवर्ष दिवगंत भएका लेखक, साहित्यकारहरूको समेत सम्झना गरिएको थियो । साथै मोतीराम भट्टले थालनी गरेको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिँदै कवि गोष्ठीसमेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच