काठमाडौं । शास्त्रीय संगीत साधक रविनदास श्रेष्ठको निधन भएको छ । काठमाडौं ठमेलस्थित निवासमा उहाँको हृदयाघातका कारण शनिबार राति निधन भएको हो । ललितपुर क्याम्पसबाट संगीतमा स्नातक गर्नुभएका श्रेष्ठले वनारसमा एमए गरी सन् २००३ मा नेपाल फर्किनुभएको हो ।
नेपाल फर्किएपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा आंशिक शिक्षकका रूपमा प्राध्यापन गर्न थाल्नुभएको थियो । उहाँ ललितकला केन्द्रीय विभागमा समेत शास्त्रीय संगीत अध्यापन गर्नुहुन्थ्यो । रत्नराज्यलक्ष्मी क्याम्पसको बिहानी सत्रको सहायक क्याम्पस प्रमुखसमेत रहनुभएका श्रेष्ठको श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँको निधनप्रति रत्नराज्यलक्ष्मी क्याम्पसले श्रद्धाञ्जलि व्यक्त गर्दै मंगलबार बिदा दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच