मङ्गोलिया । मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुख र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मंगलवार छिमेकी मुलुकबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई प्रवद्धन गर्ने सहमति भएको छ ।
पुटिनको भ्रमण मित्रवत सम्बन्ध र पारस्परिक लाभकारी सहयोग विशेषगरी ऊर्जा, सडक यातायात, वातावरण, संस्कृति, शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा विकासका लागि निकै महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । आफ्नो तर्फबाट पुटिनले राष्ट्रपति खुरेलसुखसँगको वार्तामा राजनीतिक, आर्थिक र मानवीय सहयोगका धेरै विषयमा छलफल गरेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा पनि विचार आदानप्रदान गरेको पनि बताउनु भयो । मङ्गोलियाको राजधानी उलान बातोरमा हस्ताक्षर गरिएका कागजातहरूमा ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी अन्तरसरकारी सम्झौताहरू र वातावरण संरक्षणसम्बन्धी समझदारीपत्र समावेश छन् ।
पुटिन उच्चस्तरीय प्रतिनिधिमण्डलसहित दुई दिने औपचारिक भ्रमणका लागि सोमवार साँझ उलानबाटोर पुग्नुभएको थियो ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच