पाकिस्तान । नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अनुसार पाकिस्तानका केही भागहरूमा मनसुन सिजनको अविरल वर्षाले विगत दुई महिनामा दुई सय ९३ जनाको मृत्यु भएको छ । एजेन्सीका अनुसार अन्य ५ सय ६४ जना घाइते भएका छन् ।
भारी वर्षाले देशभर १९ हजार ५७२ घर, ३९ पुल र धेरै विद्यालयमा जुलाई १ देखि अगस्ट ३१ सम्म आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ । अधिकांश क्षति र हताहत पूर्वी पञ्जाव प्रान्तमा भएको छ । जहाँ ११२ मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए ।
३०२ जनाले मुसलधारे वर्षाका कारण घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमँ ८८ जनाको मृत्यु र १२९ घाइते भएका छन् । एनडीएमएले आगामी दिनमा पाकिस्तानका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच