नेदरल्याण्ड्सको टोलीमा पहिलोपटक हेकेलाई बोलाइयो

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका डिफेन्डर यान पल भान हेकेलाई पहिलोपल्ट नेदरल्याण्ड्सको टोलीमा बोलाइएको छ । टोटेनहृयाम हटस्परका मिकी भान डे भेन चोटका कारण खेल्न नसक्ने भएपछि उहाँलाई बोस्निया र हर्जेगोभिना र जर्मनीविरुद्धको नेसन्स लिग खेलका लागि टोलीमा बोलाइएको हो ।

भान डी भेनले गत साता टोटेनहृयामसँग प्रशिक्षण गर्नुभएको थियो । तर, आइतबार न्युक्यासल युनाइटेडसँग प्रिमियर लिगमा टोटेनहृयाम पराजित भएको खेलमा उहाँलाई टोलीमा समावेश गरिएको थिएन । एभर्टनसँगको खेलमा उहाँलाई घुँडामा चोट लागेको थियो ।

डच फुटबल संघ (केएनभिबी) ले भान डे भेन म्याच फिट नभएकाले उहाँको स्थानमा २४ वर्षीय भान हेकेलाई टोलीमा समावेश गरिएको जनाएको छ । नेदरल्याण्ड्सले शनिबार आइन्डहोभेनमा बोस्निया एण्ड हर्जेगोभिनाको सामना गर्नेछ । त्यसको तीन दिनपछि एम्स्टर्डमको जोहान क्रुइफ एरिनामा जर्मनीसँग खेल्नेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?