ओस्लो । नर्वेका प्रशिक्षक स्टेल सोल्भाक्केनले सन् २०२६ को विश्वकपपछि राजीनामा दिने बताउनुभएको छ । नर्वेका ५६ वर्षीय पूर्वमिडफिल्डरले सन् २०२० मा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो । तर, स्ट्राइकर एर्लिङ हालान्डलाई आफ्नो टोलीमा समावेश गरे पनि नर्वे युरोकप २०२४ मा छनोट हुन असफल भएको थियो ।
‘म अझै पनि जवान छु । म केही अन्य काम पनि गर्न चाहन्छु । मैले धेरै क्लबलाई अस्वीकार गरेको छु । तर, म यहाँ एक अन्तिम प्रयास गर्न कटिबद्ध छु । यदि नर्वे विश्वकपमा छनोट भए त्यसपछि राजीनामा दिनेछु,’ उहाँले भन्नुभयो ।
नर्वेले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा सोल्भाक्केन टोलीमा समावेश भएयता कुनै पनि विश्वकप खेलेको छैन । पछिल्लो पटक नेदरल्याण्ड्स र बेल्जियममा भएको युरोकप २००० मा नर्वेले सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नर्वे समूह चरणबाट बाहिरिएको थियो ।
हालैका वर्षमा नर्वेजियनहरूले हालान्ड र ओस्कर बोब, मार्टिन ओडेगार्डजस्ता केही उत्कृष्ट फुटबलर उत्पादन गरेका छन् । तर, नर्वेले छनोटचरण पार गर्न सकेको छैन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच