काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने भएको छ । विश्वकप लिग टुअन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजपछि नेपालले टी-२० आई सिरिज खेल्ने भएको हो । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टी-२० सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।
खेलतालिकाअनुसार भदौ ३१ देखि असोज १० सम्म ओडिआई सिरिज हुनेछ । असोज १२ देखि १७ गतेसम्म टी-२० सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, घरेलु टोली र ओमान सहभागी हुनेछन् । नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग र दोस्रो खेल असोज २ मा ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ मा क्यानडाको सामना गर्दा असोज ८ मा ओमानविरुद्ध रहेको छ ।
ओडिआई सकिएको दुई दिनपछि सोही टोलीबीचमा टी-२० सिरिज हुनेछ । सिरिजको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ मा ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाल अमेरिका जानेछ । क्यानडामा हुने लिग टु तथा टी-२० सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली हाल श्रीलंकामा रहेको छ ।
श्रीलंकासँगको दोस्रो अभ्यास खेल पनि वर्षाका कारण रद्द
श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको श्रीलंका डेभलपमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ । वर्षाका कारण खेलमा टससमेत नभइकन रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाली टोलीको पहिलो अभ्यास खेल पनि वर्षाका कारण रद्द भएको थियो । तेस्रो अभ्यास खेल शुक्रबार खेल्ने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच