काठमाडौं । दक्षिण एसिया फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले अक्टोबर २१ मा माल्दिभ्स र २४ तारिखमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले लगातार तेस्रोपटक महिला साफ आयोजना गर्न लागेको हो ।
यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग तीन-एक गोलले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच