काठमाडौं । संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले संकटालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीको जितमा विमला चौधरीले दुई तथा सावित्रीदेवी मगर र अनिता रम्जेलले समान एक गोल गर्नुभएको थियो ।
पहिलो हाफको १९औँ मिनेटमा सावित्रीदेवी मगरको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १-० ले अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप तीन गोल ग¥यो । विमलाले खेलको ६१औँ र ७१औँ मिनेटमा गोल गर्नुभयो । ७६औँ मिनेटमा अनिताले गोल थप्नुभयो । खेलको प्लेयर अफ दि म्याच दीपा शाही बन्नुभयो । उहाँले पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
योसँगै महिला लिगको पहिलो चरण सकिएको छ । लिगमा आज (बिहीबार) दुई खेल हुनेछन् । पहिलो खेलमा बागमती प्रदेश र कोशी प्रदेशले खेल्नेछन् भने दोस्रो खेलमा भने वालिङ नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच