काठमाडौं । ‘नेशनल किड्स अफ दि इयर २०२४’का ६० प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंमा आयोजित ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत उनीहरूले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका बिभिन्न कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट राउण्डको निर्णायमा गायक निर्णय श्रेष्ठ, कमल खत्री, अभिनेता अमित गिरी, नृत्य निर्देशक संगीता श्रेष्ठ, क्लासिकल डान्सर सीता सुवेदी र सेक्सोफोन मास्टर सन्दीप कार्की रहनुभएको थियो । ट्यालेन्ट राउण्डको विजेता फाइनल प्रतिस्पर्धामा घोषणा गरिने आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले जनाएको छ ।
सिनियर र जुनियर गरेर दुई क्याटवरी रहेको प्रतियोगितामा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् । सिनियरमा २० र जुनियरमा ४० प्रतियोगी रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका विद्यार्थी सहभागी छनौट चरणको अडिशनबाट प्रतियोगी छानिएका हुन् । यी प्रतियोगीतामा २५ स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ ।
असोजको दोस्रो साता फाइन हुने प्रतियोगितामा सिनियर र जुनियर गरेर दुई शीर्ष विजेतासहित विभिन्न उपविधामा समेत विजेता छानिने जनाइएको छ । शीर्ष दुई विजेताले नगद २५ हजार, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा विभिन्न गिफ्ट प्राप्त गर्नेछन् । अन्य विजेताले पनि विभिन्न गिफ्ट प्राप्त गर्नेछन् ।
बालबालिकालाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविश्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टका धीरज तण्डुकारले ताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच