काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुवै मोहडा नेपाल र तीब्बतबाट सफल आरोहण गरी विश्वकीर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाइमा ‘तीज अन द वाल’ (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली महिलाहरूको महान् चाड तीजको उपलक्ष्यमा तीज अन दी वाल भएको हो ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तीज अन दी वाल कार्यक्रममा यो पटक नेपाली सेनाका विभिन्न विधाका खेलाडीले भाग लिएका थिए । साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलालाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । महर्जनले धुम्बाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराउनुभएको छ ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तीज ‘अन दी वाल’ सुरु गरिएको उहाँले बताउनुभयो । माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच