काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिटिएचिभ(सार्फी)नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरणसँगै गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्षमा चयन हुनुभएको छ ।
मध्य अमेरिकी मुलुक एल साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बरदेखि जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुजन(एएफआई) ग्लोबल पोलिसी फोरमको बैठकमा पाँचौँ सार्फी लिडर्स राउण्ड टेबलका क्रममा सार्फीकोे अध्यक्षता राष्ट्र बैंकमा हस्तान्तरण भएको हो ।
सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गर्नुभएको थियो । बैठकले स्टेट बैंक अफ पाकिस्तान(एसबिपी) लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ ।
यसअघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकतर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष हुनुहुन्थ्यो । गभर्नरको कार्यालयका अनुसार सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको १२औंँ बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।
क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायता कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुशरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच