काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम देशभर रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्तालाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीतर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति थियो ।
कम्पनी अध्यक्ष केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई प्रोत्साहन गर्ने खालका कार्यक्रम भविष्यमा पनि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ता क्लबमा सहभागी हुन सफल भएका थिए ।
कार्यक्रममा २००२ मिस नेपाल माल्भिका सुब्बा, हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का विजेता करन परियारलगायतका कलाकारहरूको प्रस्तुति पनि रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच