काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । सो सम्बन्धमा दुवै संस्थाबीच यसअघि नै सहमति भएको थियो ।
सो अवसरमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता-श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताउनुभयो । भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा उहाँको जोड थियो ।
जेटियुसिसीका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारीपत्र समीक्षाका साथै आगामी दिनमा आउन सक्ने चुनौतीको दुईपक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पार्दै जानुपर्ने र त्यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजार पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताउनुभयो । द्विपक्षीय समझदारी गरिएका विषय स्मरण गर्दै समझदारीमा उल्लेखित कार्यक्रमलाई दुईपक्षीय रूपमा कार्यसमिति निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महासंघ उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निक्र्योल गरिनुपर्ने विषयमा छलफलका लागि बैठक आयोजना हुनुपर्ने बताउनुभयो । साथै दुईपक्षीय रूपमा समाधान हुन सक्ने कुनै पनि समस्या सरकारमा जानुभन्दा अघि दुई पक्षबीच छलफलमा जोड दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच