काठमाडौं । आज नेपाली हिन्दू नारीहरुको चाँड तीज अन्तगरगतको दर खाने दिन हो । आज हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ । आजकै दिन विवाह गरेर पतिको घरमा रहेका नारीहरु माइत पुगेर दर खाने चलन रहेको छ ।
हुन त पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने चलन सुरु भएको छ । तर दर तिजको अघिल्लो दिन खाने परम्परा छ ।
तीजको दिन व्रत बस्ने महिलाहरुले आज राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिन्छ । त्यही शक्ति पाउनका लागि पनि आज रात परेपछि दर खाने चलन रहेको छ ।
भोली व्रत बसेर नाचगान गर्दै तिज मनाउनको लागि आज राति दर खादा विषेश ध्यान पुर्याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ । त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकर दरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
तीजको दर खाँदा ध्यान दिनुपर्ने कुराहरु
–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ ।
– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन ।
–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।
–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ ।
–दरसँग अल्कोहल पीउनु हुँदैन ।
–मदिरा पिउनु हुदैंन ।
– हरियो सागपात, पहेंलो फलफूल खानुपर्छ ।
– प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– निराहर व्रत बस्न सकिदैंन भने फलफूलको जुसहरु पिउनु राम्रो हुन्छ ।
यस्ता कुराहरु ख्याल गरेर दर खाएमा तीजको दिन तपाई आरामसँग व्रत बस्न र नाचगाँन गर्न सक्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच