राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परिसर र जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका मिटर व्याज तथा लघुवित्त पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको अस्पताल क्षेत्र र प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।
उपचारका क्रममा जिल्लाको विष्णुपुर गाउँपालिका ४ कनकट्टाका २० वर्षीय युवा मो मनिरको मृत्युपछि अस्पताल क्षेत्रमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
उच्च ज्वरो आएर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल आएका मो मनिर उपचार शुरु भएकाे केहीबेरमै मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरिरहेका थिए ।
मृतक यही भाद्र २५ गते मङ्गलबार बैदेशीक रोजगारी लागी साउदी अरब जाने तयारीमा रहेको परिवारले जनाएका छन् । प्रदर्शनका कारण गजेन्द्रनारायण सिंह अस्पताल परिसर तनावग्रस्त बन्दा ब्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यता रुपनी गाउँपालिका २ का इन्जिनियर प्रमोद राणालाई प्रहरीले झूटो मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउँदै मिटर व्याज पीडित तथा लघुवित्त पीडितहरूले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।
पक्राउ परेका इन्जिनियर प्रमोद राणालाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका मिटर व्याज तथा लघुवित्त पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरी विरुद्ध चर्को नारा लगाउँदै पीडितहरूले जिल्ला प्रहरी कार्यालयको धोका धकल्न थालेपछी प्रहरीले पीडित महिलाहरूमाथि अन्धाधुन्ध लाठीचार्ज गरेका थिए । प्रहरीले लाठीचार्ज गरेर पछाडि हटेका आन्दोलनकारी महिलाहरूले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए ।
प्रहरीमाथि ढुङ्गामुढा बर्साउन थालेपछी प्रहरीले बलप्रयोग गरी आन्दोलनकारीहरूलाई धपाएका थिए । प्रहरीले लाठीचार्ज गर्न थाले पछि आन्दोलनकारी महिलाहरू तितरबितर भएका थिए । प्रहरीले पसल तथा गल्लीमा लुकेर बसेका आधा दर्जन महिलाहरूलाई नियन्त्रणमा लिएका छन् ।
प्रहरीले आन्दोलनमा सहभागी भएको आरोपमा आधा दर्जन महिलाहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूको पहिचान प्रहरीले खुलाएका छैन भने झडपमा कतिजना घाइते भए यकिन भएको छैन ।
मिटर व्याज विरुद्ध आन्दोलन केन्द्र सप्तरी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समिति सप्तरीको अगुवाईमा “प्रमोद राणालाई रिहा गर, झुठो मुद्दा खारेज गर, प्रहरी प्रशासन मुर्दावाद, प्रमोद राणा हाई-हाई” लगायतका नारा लगाउँदै शिव मन्दिरबाट निस्किएको जुलुस जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए ।
मिटर व्याज तथा लघुवित्त तथा वित्तीय संस्था पीडितहरूलाई समर्थन गर्ने राणालाई प्रहरीले झूटो मुद्दा लगाएर फँसाइएको आन्दोलनकारीहरूले आरोप लगाए ।
उनीहरूले राणालाई ३६ घण्टा भित्र निसर्त रिहाई नगरे सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच