कात्तिकको अन्तिममा ‘मिसिङः केटी हराएको सूचना’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै टिजर पनि सार्वजनिक गरिएको हो ।

चलचित्रमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूबीचको प्रेमलाई दर्शाउँदै सुरू भएको टिजर सृष्टिको हात, खुट्टा र मुख बाँधिएको दृश्यसँगै टुंगिएको छ ।

चलसचित्रले पहाडी र मधेसी समुदायका युवा र युवतीको प्रेम, रहनसहन र मेलमिलापको कथा प्रस्तुत गर्ने आंकलन गर्न सकिन्छ । कम्बोडिया बस्दै आउनुभएका गौचनले झण्डै दुई दशकपछि नेपाल फर्किएर यो चलचित्र निर्माण गर्नुभएको हो ।

ट्राइ-सिटी पिक्चर्सको प्रस्तुति रहेको चलचित्रको निर्मातामा गौचन स्वयं हुनुहुन्छ । कार्यकारी निर्मातामा क्युएफएक्सका निर्देशक नकिम उद्दिन रहनुभएको छ ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रीना रिमाल, ललिता देवी मिश्र, रूपेश मण्डल लगायतको अभिनय छ । अमर महर्जनको छायांकन रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *