काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण घोषणा गरिएको हो । चलचित्रलाई दीपेन्द्र के.खनालले निर्देशन गर्दै हुनुहुन्छ । गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले चलचित्र निर्माण गर्न लाग्नुभएको हो । चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेख्नुहुनेछ ।
अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडिओमा लगातार सहकार्य हुँदै आइरहेको छ । चलचित्र निर्माणमा भने ओली पहिलोपटक होमिनुभएको हो । हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि चलचित्र निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताउनुभयो ।
अभिनेता हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो । प्रकाशका अनुसार यो चलचित्र तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । चलचित्रको थप ‘काष्ट एण्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन ।
हरिवंशको पछिल्लो चलचित्र ‘महाजात्रा’ गतवर्ष रिलिज भएको थियो । त्यस्तै ‘परदेशी २’बाट चलचित्रमा डेब्यु गर्नुभएका प्रकाशको अर्को चलचित्र ‘पूर्णबहादुरको सारंगी’ यही तिहारमा सिनेमाघरमा आउँदै छ । प्रकाश आफ्नै लेखन एवं निर्देशनमा चलचित्र ‘वसन्त’ निर्माण गर्दै हुनहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच