हाम्रो देशमा चुनावी गठबन्धनको धारणापछि मात्र विकास भएको हो । निर्वाचनमा कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार बनाउँदा चाहिँ गठबन्धन गर्ने परम्परा संसारभरि चल्दै आएको छ । केही देशहरूका भने कुनै निश्चित नेताका पक्षमा वा पार्टीका पक्षमा बहुमत आउँनै पर्ने नियम छ । जबसम्म कसैको बहुमत आउँदैन तबसम्म निर्वाचन दोहोर्याएर गर्ने कानुनी व्यवस्था छ । नेपालमा भने आर्थिक कारणले पनि यस्तो कानुनी व्यवस्था सम्भव छैन । वर्तमान संविधान बनेपछिको पहिलो निर्वाचनमा वामपन्थी दलहरूको चुनावी गठबन्धनमात्र होइन पार्टी एकीकरणसमेत भएको थियो । यसले गर्दा नेकपाको बहुमत नआउने कुरै थिएन किनकि त्यसमा नेकपा एमाले र माओवादी केन्द्र सामेल थिए ।
ती दुई ठूला पार्टी एक भएपछि अन्य केही सानातिना पार्टीहरू जो एक्लै चुनावमा जाँदा एक स्थानमा पनि विजय हुन सम्भव थिएन ती पनि नेकपामै संलग्न भए । वामपन्थी पार्टीहरूको एकता भएपछि नेपाली कांग्रेसले पनि बाध्यताले राप्रपालगायत केही पार्टीहरूलाई सँगै लिएर निर्वाचनमा गयो तर त्यसले कांग्रेसलाई खासै तात्विक प्रभाव पार्न सकेन । दुईतिहाइ निकटको बहुमत ल्याएर नेकपाले सरकार बनायो र चलायो । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षमा बस्ने उद्घोष गर्यो । त्यसभन्दा अर्को विकल्प पनि थिएन । अर्को निर्वाचनभन्दा अगाडि वा पाँच वर्षभन्दा पहिले नेपाली कांग्रेस सरकारमा जाने अवस्था थिएन ।
तर, नेकपामा फुट पैदा भइहाल्यो । पालोफेरोमा प्रधानमन्त्री चलाउने सहमति माओवादी पक्षका पुष्पकमल दाहाल र एमाले पक्षका केपी शर्मा ओलीबीच भएको थियो, पहिलोपटक ओली प्रधानमन्त्री बन्नुभएको थियो । ओलीको समय सकिएपछि पनि उहाँले दाहाललाई प्रधानमन्त्री पद छोड्नु भएन । त्यसपछि नेकपा छिन्नभिन्न भयो । त्यसबीचका अनेकौं राजनीतिक घटनाक्रम भएपछि नेपाली कांग्रेसले नसोचेको प्रधानमन्त्री पद र सरकारमा जाने अवसर पायो । वर्तमान संविधान अनुसार २०७९ मा भएको दोस्रो निर्वाचनमा कुनै पार्टीको बहुमत आएन । त्यस निर्वाचनमा पार्टीहरूबीच चुनावी गठबन्धन भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र । नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन सशक्त थियो तर एकल बहुमत चाहिँ कसैको आएन ।
निर्वाचन केन्द्रित चुनावी गठबन्धन संसारकै लागि अनौठो अभ्यास थियो । जसजसका बीच चुनावी गठबन्धन भएको थियो चुनाव सकिएपछि तिनका बीचमा एकता भएन । सरकार बनाउने बेला माओवादी र एमालेको गठबन्धन भयो । पटक–पटक गठबन्धन भत्किने र बन्ने प्रक्रिया भई नै रहृयो । यसबाट यस प्रणालीको र वर्तमान संविधानको आलोचना भइरहेको छ । संविधान अनुसार कसैको बहुमत नआउने निश्चित छ भन्नेतर्क भइरहेका छन् र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ भन्ने विचारले समर्थन पाउँदै गएको छ । दलहरूको सोच पनि आगामी निर्वाचनमा गठबन्धन नगर्नेतर्फ केन्द्रित बन्दै गएको छ ।
गणेशमान सिंहले भन्नुभए जस्तो नेपालले राम्रो राजनेता पाउन सकेको छैन । नेताहरू भएरमात्र हुँदैन राष्ट्र बनाउन राजनेता नै चाहिन्छ । प्रजातन्त्र आउनासाथ संयुक्त वाममोर्चा र नेपाली कांग्रेस ‘हामी भाइ भाइ’ भन्दै नारा लाउँदै कांग्रेसको चार तारे झण्डा र संयुक्त वाममोर्चाको हँसिया हतौडा अंकित झण्डा लिएर सँगसँगै कार्यक्रम गर्नेगरेका बेलामा नेता-कार्यकर्ताको मनस्थिति समुन्नेको निर्वाचनमा गठबन्धन हुन्छ भन्ने थियो । दोस्रो तहका नेताहरूले समेत यस्तै सोचेको थिए । एक-दुईवटा निर्वाचनसँगै मिलेरै लड्नुपर्छ भनिरहेका थिए । त्यहीबेला नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन गर्दैन भन्नुभएको थियो । त्यसपछि उहाँ सबैको आलोचनाको केन्द्रबिन्दुमा पर्नुभयो ।
त्यस्तो सबैको एक मन भएको अवस्थामा समेत चुनावी गठबन्धन नभएको र पार्टीहरू आफू-आफू निर्वाचनमा भाग लिन गएको इतिहास भएको हाम्रो देशमा पछिल्लो चरणमा आएर चाहिँ आत्मविश्वासको कमी भएकै कारणले हुनसक्छ निर्वाचनमा समेत गठबन्धन गर्ने परम्परा विकास भएको छ ।
गत निर्वाचनमै पार्टीका केही युवा नेताहरूले आफू-आफू जानुपर्छ भनेर आवाज उठाएका थिए तर पार्टीहरूको निर्णय गठबन्धन गरेरै जानुपर्छ भनेर गए । त्यसबाट पार्टीहरूलाई फाइदा भयो कि हानी ती पार्टीहरूले लेखाजोखा गरेकै होलान् । विगतमा जे भए पनि आगामी निर्वाचनमा भने आफू-आफू जानुपर्ने मत आइरहेका छन् । नेपाली कांग्रेसले यसलाई आधिकारिक निर्णय नै गरेको छ भने एमालेले पनि एक्लै जाने भनेको छ । माओवादीको आकार सानो हुँदै गइरहेको छ ।
सुरुमा माओवादीप्रति जनातको आस पनि थियो, त्रास पनि । तर उनीहरूको मनोवृत्ति र कार्यशैली देखिसकेपछि आपूmले गरेको सशस्त्र विद्रोहलाई जति नै ‘महान् जनयुद्ध’ भन्ने गरे पनि नेपाली जनताले नरसंहारक हिंसा नै देख्दै आएका र विस्तारै उनीहरूप्रतिको भय हट्दै गएकाले माओवादी यसभन्दा बढी फष्टाउन सक्ला भन्ने जनताले ठानेका छैनन् । आगामी गठबन्धन भयो भने माओवादीको र आफू एक्लै निर्वाचनमा जाँदा एक-दुई स्थानमा पनि विजय हुन नसक्ने तर कसैसँग गठबन्धन गर्दा एक-दुई स्थानमा विजयी बन्न सकिएला कि भनेर सोच्ने पार्टीहरूबीच हुनसक्ला । तर, समग्रमा भन्ने हो भने चुनावी गठबन्धनले विगतलाई हेर्दा राम्रो गरेको पाइएको छैन । दलहरूले एक्लाएक्लै चुवान लड्ने हो भने जनताले तिनको मूल्यांकन गर्न पाउने थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच