पहिरोले रोल्पाको होलेरी-दाङ सहिद मार्ग ठप्प

एल.बि. मगर रोल्पा, संवाददाता

फाइल तस्बिर

एल.बि. मगर रोल्पा, संवाददाता
Read Time = 1 min

रोल्पा । पहिरोका कारण रोल्पाको सहिद मार्गको होलेरी र दाङको घोराही सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ ।

गएराती परेको अविरल बर्साको कारण उक्त सडक खण्डको दाङ जिल्लाको बगाले गाउँको नजिकै रहेको ओडारे खोला सडक खण्डमा ठुलो पहिरो जादा शुक्रबार बिहान देखी नै सडक पुर्ण रूपमा अबरुद्ध भएको रोल्पाको होलेरी स्थित ट्राफिक प्रहरीले बताएको छ ।

उक्त सडकखण्डमा सडकको माथी बाट ठुलो पहिरो झरेर सडक पुर्ण रूपमा अबरुद्ध भएको र पहिरो हटाउनका लागि एउटा मात्र सानो डोजरले काम गरिरहेको हुँदा पहिरो हटाउने कार्यमा ढिलाइ भएको र पहिरो हटाउन शुक्रबार दिनभर समय लाग्न सक्ने स्थानीयले बताएका छन् ।

सडक अबरुद्ध हुँदा शुक्रबार बिहान देखि नै उक्त सडक हुँदै रोल्पा, रुकुम, प्युठान, दाङ जाने सार्वजनिक तथा नीजि सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२ औं विश्व आदिवासी दिवस (तस्बिरहरु) आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी