काठमाडौं । चलचित्र ‘बलिदान’को शुभसाइत गरिएको छ । प्रविधि पूजा गर्दै निर्माण पक्षले शुक्रबार ‘बलिदान’को शुभसाइत गरेको हो ।
चलचित्रमा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डलीलगायत भारत र नेपालका दक्ष अपरेटर, सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरूसहित शुभसाइत गरिएको चलचित्रका निर्माता/निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो ।
चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसक्नुभएको छ । यही वर्ष रिलिज हुने चलचित्रको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताका रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच