काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १४औँ संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रूपमा विजेता घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अदिसु थापा विजेता हुँदा गिर्वानी शाह ‘फस्ट रनर अप’, सुवासिनी भट्टराई ‘सेकेण्ड रनर अप’, आर्सी भण्डारी ‘थर्ड रनर अप’ र लिजियन शेर्पा ‘फोर्थ रनर अप’ हुनुभयो ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ क्लारा श्रेष्ठले उपाधि जित्दा डेभिड तामाङ ‘फस्ट रनर अप’, रितिका गिरी ‘सेकेण्ड रनर अप’, एल्भिस तामाङ ‘थर्ड रनर अप’, भिषणविक्रम शाह ‘फोर्थ रनर अप’, प्रज्ञा खनाल ‘फिफ्थ रनर अप’ र इशानी गौतम ‘सिक्थ रनर अप’ बन्नुभयो ।
यसैगरी ‘जुनियर सिंगिङ स्टार’ तर्फ मिङ्की शेर्पा विजेता हुँदा आयुष शाही ठकुरी ‘फस्ट रनर अप’ र अविनय श्रेष्ठ ‘सेकेण्ड रनर अप’ हुनुभयो । ‘जुनियर एक्टिङ स्टार’तर्फ छेदेन लामाले उपाधि चुम्दा विशेष घिमिरेले ‘फस्ट रनर अप’ र आज्ञा शाही ‘सेकेण्ड रनर अप’हुनुभयो ।
‘प्री-टीन डान्सिङ स्टार’तर्फ केशाङ ल्हामु लामा विजयी हुँदा इशानी कुलुङ ‘फस्ट रनर अप’, आशिका खड्का ‘सेकेण्ड रनर अप’, प्रमिश सुनुवार ‘थर्ड रनर अप’, स्मृति खड्का ‘फोर्थ रनर अप’, युमिका तामाङ ‘फिफ्थ रनर अप’ र श्रेया श्रेष्ठ ‘सिक्थ रनर अप’ हुनुभएको थियो ।
यस्तै ‘प्री-टीन सिंगिङ स्टार’ तर्फ एञ्जल श्रेष्ठले ताज जित्दा जेबिसा श्रेष्ठ ‘फस्ट रनर अप’, आयुषा कुलुङ ‘सेकेण्ड रनर अप’ र कासुमी लामा ‘थर्ड रनर अप’ हुनुभयो ।
त्यस्तै ‘प्री-टीन एक्टिङ स्टार’तर्फ इशान्त कनुजेले उपाधि जित्दा आलिया पाठक ‘फस्ट रनर अप’, सौगात थापा ‘सेकेण्ड रनर अप’ र प्रज्ञा थापा ‘थर्ड रनर अप’ हुनुभयो । यस्तै ‘मिनी सिंगिङ स्टार’ तर्फ अंशुमान खत्री विजेता हुनुभएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको साउथ वेस्टर्न कलेजका प्रोग्राम को-ओर्डिनेटर राजेन्द्र लामिछाने, संगीतकार दीपक शर्मा, हर्लिक्स नेपाल कन्ट्री हेड(युनिलिभर इन्टरनेसनल-न्यूट्रेसन) प्रमुख आशिष अग्रवाल, म्युजिक भिडियो निर्देशक विक्रम चौहान र गायिकाद्वय सुमित्रा कोइराला तथा रितु कँडेल निर्णायकमा रहनुभएको थियो ।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले फाइनलअघि १८० बालबालिकालाई ४५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको जानकारी गराउनुभयो । प्रतियोगिताका विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने आयोजकले जनाएका छन् । साथै विजेतालाई म्युजिक भिडियो निर्माणको पुरस्कार पनि दिइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच