पशुपति रिन्युयबल्सले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पशुपति रिन्युयबल्सले सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन प्रक्रिया अघि बढाउन एनएमबी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा पशुपति रिन्युयबल्सका अध्यक्ष डा. सन्दिप शाह र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा कामहरू गर्ने अध्यक्ष सन्दीप शाहले बताउनुभएको छ । वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना र १५ मेगावाटको धरमनगर सोलार फार्म आयोजना छिट्टै सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *