काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारा ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ । गोवर्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित महासंघले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई दिँदै सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले महासंघ सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गर्नुभयो । गोवर्धनले आप्mनो सफलताले भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताउनुभयो ।
पेरिस प्यारा ओलम्पिकमा गोवर्धनको ऐतिहासिक विजयले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको अध्यक्ष ढकालको भनाइ थियो ।