जननायक बीपी कोइराला चिन्तनपरक, ऊर्जायुुक्त, मेधाशील एक राष्ट्रवादी र क्रान्तिकारी युुगपुरुष हुन् भन्नुु विवेकपूूर्ण निस्पृह अन्तरभावको द्योतक नै हो । पुरातन एकतन्त्रवादी नेपाली राजनीतिक चरित्रमाथि आधुनिक राजनीतिक उपागम जहाँ लोकतान्त्रिक स्वतन्त्रता र समाजवादी समताको गुुल्जार हुने मौलिक चिन्तन बीपीको नव नेपाल बनाउने कडीको रूपमा चिनिन्छ । नेपालको राजनीतिक इतिहासमा नेपाली जनताले चुनेका प्रथम प्रधानमन्त्री बन्ने सौभाग्यशाली व्यक्ति बीपी भाग्यवादभन्दा पुरुषार्थवादमा रमाउन विश्वास गर्थे ।
२०१७ साल पुस एक गते जब जनताको सरकारलाई राजा महेन्द्रबाट तानाशाही ढंगले अपदस्थ गरेर जननायक बीपी, लौह पुरुष गणेशमानलगायत नेताहरूलाई सुुन्दरी जलको बन्दीगृहमा कोचियो त्यो राजनीतिक दुर्घटनाले देशको उन्नति र आधुनिकीकरणलाई शताब्दी पर धकेल्योे । जनअधिकार अपहरणपछि विघटित संसद स्थापनार्थ संगठनमार्फत धक्का हान्ने कोसिस गरे पनि असफल भयो ।
आठआठ वर्षको बन्दी जीवनबाट मुक्त भएपछि भारत निर्वासनमा रहेर बीपीले पुनः सशस्त्र आन्दोलनमार्फत देशमा लोकतन्त्र स्थापनार्थ अर्को प्रयास गरे तर विडम्बना ! त्यो प्रत्युत्पादक सावित भयो । उनको ठूलो लडाकु तागतको तानाशाहीका गोली र बुटले कुल्चिन पुुग्यो धेरै योद्धाहरूले मुुक्तिसङ्ग्राममा पुुनः वलिवेदीमा चढ्नुु पर्यो जनअधिकारलाई उपहास गर्दै निर्दलीय एकतन्त्री शासनलाई अझ जनविरोधी बनाउन पुुग्यो तत्कालीन पञ्चायती सत्ता ।
राजनीति सम्बन्धमा बीपीको अवधारणा थियो, ‘यो त्यति गहन विषय होइन, न त कुनै क्लिष्ट दर्शनशास्त्र नै । यो छलकपट र दाउपेच पनि होइन, मनले एउटा कुरा र मुखले अर्कै कुरा बोल्ने पनि होइन, मैले राजनीतिलाई न त आध्यात्मिक विषय वा न ठूलो दर्शनको कुरा मानेको छु’ ।
भारतमा निर्वासित जीवन बिताइरहेका बीपीले तत्कालीन समयको दक्षिण एशियाली राजनीतिमा आउन लागेको उतार चढावको विश्लेषण गरी ‘राष्ट्रिय मेलमिलाप’ को नयाँ रणनीति लिएर नेपाल फर्कने योजना गरे । भारतमा निर्वासित अन्य लोकतन्त्रवादी नेताहरूलाई जमघट गरी अन्तर्राष्ट्रिय राजनीति र दक्षिण एशियामा आउनसक्ने प्रतिकूल राजनीतिक हलचलको गणित प्रस्तुत गरे । तर, त्यहाँ एक थरी मत पञ्चायतसित त आत्मसमर्पण हुने होइन ? भन्ने मत थियो भने अर्को थरी विचार निरंकुश तागतको गोलीको निशाना पर्ने आत्मघाती निर्णय भनी वैचारिक मन्थन भए । आखिर बीपीकै निर्णय स्वीकारी बीपीलगायत नेताहरू नेपाल फर्किए ।
पुनः उहाँहरूलाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरियो । समय क्रममा देशभित्र र देशबाहिरको वातावरणले बीपीलाई केही अनुकूलता दियो र २०३६ सालमा जनमतसङ्ग्रहको घोषणा भयो । बीपीले त्यतिखेर विभिन्न जनसभाहरूमा ०१७ पुस एक गतेको प्रतिगामी कदमलाई जनअधिकारको बलात् अपहरण हो भन्ने कुरा जनतासमक्ष राख्दै बोले : ‘म क्रान्तिवादी हुँ, आतङ्कवादी होइन’ विरोधको कुनै शान्तिपूूर्ण उपाय नभएर जनताका तमाम अधिकार खोसिएको स्थितिमा जनतालाई क्रान्ति गर्ने अधिकार छ भनेर घोषणा गरेको हुँ, यो जनताको जन्मसिद्ध अधिकार हो ।
आपूmले भनेको क्रान्तिलाई थप पुष्टि गर्दै उनले दृढता साथ बोले : न्यायको मर्यादा नभएको राज्यमा राज्यको आदर्श स्खलित हुनजान्छ । त्यसपछि राजनीतिक आदर्शलाई भुलेर राज्यका संस्थाहरू भ्रष्ट बन्न थाल्छन् । त्यतिखेर पल्टन राष्ट्रको सुरक्षा गर्ने सेवाभावबाट च्यूत भई जनताउपर आतङ्क र विरोधी राजनीतिकतागतमाथि प्रयोग हुने दमनको यन्त्रहुनपुुग्छ । त्यतिखेर निजामतिसेवा ‘भरौटे क्लब’ मा रूपायित हुन थाल्छ’ ।
राजनीति सम्बन्धमा बीपीको अवधारणा थियो ‘यो त्यति गहन विषय होइन, न त कुनै क्लिष्ट दर्शनशास्त्र नै । यो छलकपट र दाउपेच पनि होइन, मनले एउटा कुरा र मुखले अर्कै कुरा बोल्ने पनि होइन, मैले राजनीतिलाई न त आध्यात्मिक विषय वा न ठूलो दर्शनको कुरा मानेको छु’ । यसरी राजनीतिलाई सरल रेखाको हिडाइ ठम्याउने बीपी राजनीति व्यवहारवादलाई प्रोत्साहन दिनेमा दृष्टि राख्थे । एउटा परिवारलाई इमानदारीपूूर्वक चलाउन सक्ने व्यक्तिले ठूलोभन्दा ठूलो राज्यलाई पनि चलाउन सक्छ भन्ने विश्वास थियो बीपीमा । बीपीको सहिष्णुुभाव गान्धीकै उच्चताबाट अनुप्राणित भएको पाउँछौँ ।
सात सालपूूर्व भोगेको बीपीको जेलयातना अझ गोलघरको प्रताडना र पटकपटकका कहालीलाग्दा घटना उनको जीवन सिध्याउने नियतबाट राज्यनै लागेको थियो । तर, उनले सात सालको क्रान्तिपछि मोहन शमशेर राणालाई प्रधानमन्त्री मानेर २०१५ सालमा संविधानसभाको सट्टा संसदीय चुनावलाई स्वीकार्नुु राष्ट्रिय एकता र व्यवहारवादी राजनीतिलाई दूूरदर्शी भएर अँगालेको देखिन्छ । पञ्चायती सरकारबाट सम्पन्न २०३६ को जनमतसङ्ग्रहमा बहुदल हराउने षड्यन्त्र भएर पनि बीपीले परिणाम स्वीकार्नुु जिम्मेदार राजनेताको सुुझबुुझ भन्न सकिन्छ ।
२०३८ पुस १६ गते काठमाडौँको खुलामञ्चमा निष्पन्न जनसभामा बीपीले भनेका कुरा अझै पनि कानमा गुञ्जन भइरहेका छन्, ‘तपाईं कुनै दुविधामा पुुग्नुुभयो वा निर्णय गर्न सक्नुु भएन भने हातमा एक मुठी देशको माटो लिएर आफैँलाई सोध्नुुहोस् ! तपाईंको अन्तस्करणले जे भन्छ त्यही निर्णय गर्नुुहोस्’ !
जेलभित्र र बाहिर राज्यप्रशासनले बीपीलाई दिएका यातना सम्बन्धमा पत्रकार हरिप्रसादशर्मासितको अन्तरवार्ता क्रममा बीपीको मर्मस्पर्शी सम्वादको एक टुुक्रा : ‘यातनाभोगीको लागि कठोर यातना पनि यातनाजस्तो लाग्दैन, यातना केवल द्रष्टा, श्रोता वा पाठकका लागि मात्र हुन्छ । फेरि त्यो मेरो यातना स्वेच्छाको थियो कुनै करकापको होइन, हो मलाई त्यस वेला परेसानी भए पनि पराजयको अनुुभव रत्तिभर भएन । बरू मैले त्यो तपस्या गर्ने सौभाग्य नभएको भए ज्यादा हीनभावनाहुने थियो’ । बीपी एक मनोविज्ञ, मेधावान् चिन्तकीय व्यक्तित्व भएकैले मानव मनोवृत्रिलाई चिरफार गर्दै ब्रहृमले बोले : कमिनिष्टहरू धोखाको तर्क दिन्छन्, रोटी चाहिन्छ कि स्वतन्त्रता ? अर्थात् रोटी र स्वतन्त्रता परस्परविरोधी कुरा हो भन्ने मान्यता छ ।
संसारमा जति पनि ठूला क्रान्ति भएका छन् पेटका लागि भएका छैनन् । चालीस लाख भोका मानिस बंगालमा मरेर गए तर क्रान्ति गरेनन् । फ्रेन्च राज्यक्रान्ति समानता, स्वतन्त्रता र भ्रातृत्वताका लागि भयो रोटीकै लागि भएन । उदाहरण दिँदै पशुपतिमा शतबीज छर्न आउनेहरू रोटीका निम्ति आएका होइनन् भावनाले आएका हुन् । यो भन्नुु सर्वथा झुुटो हो कि ‘गरीब जनतालाई स्वतन्त्रताको महत्व छैन’ । बीपीले दृढ र प्राज्ञिक मस्तिष्कबाट बोलो ‘मान्छे ब्रेडबाट हैन ब्रेनबाट सञ्चालित छ’ । कति विचारोत्तेजक र सत्चित्मय छ उनका ऊर्जाशील विश्लेषण !
समाजवादको सन्दर्भमा बीपीको धारणा यस्तो थियो, मेरो विचारमा समाजवादका दुुई रूप छन् : १, रुसले लागू गरेको माक्र्सवादी ढाँचा जसमा सबै चीज राज्यको अधीन हुन्छ । २, गान्धीवादी ढाँचा जहाँ राज्यको भूूमिका अत्यन्थ न्यून हुन्छ तर त्यो पनि समाजवादी ढाँचा नै हो । गान्धीवादी ढाँचाले प्रकृतिलाई बिगार्दैन । यसमा सहकारीमा आबद्ध भएका ससाना एकाइ हुन्छन् परिवार उत्पादनको अंग हुन्छ हामीले स्विजरल्याण्ड र जापानमा यस्तो सम्भावना देखेका थियौँ’ । त्यसैले त राष्ट्रियता प्राण, प्रजातन्त्र शरीर र समाजवाद कार्यक्रम थिए बीपीका । अर्को शब्दमा राष्ट्रियता आदर्श, प्रजातन्त्र सिद्धान्त र समाजवाद कार्यकलापको रूपमा उहाँले ठम्याउनुभयो ।
राष्ट्रियता र प्रजातन्त्रको सम्बन्धमा बीपीको अन्तरहृदय यसरी प्रकट भएको छ : हामीले प्रजातन्त्र र प्रजातान्त्रिक सङ्घर्षका कुरा गर्दा राष्ट्रियता र राष्ट्रलाई बचाउँने हाम्रो जवाफदेहिता छोडेजस्तो हुन्छ र हामी बाहिरी तत्वबाट सञ्चालित भएकोझैँ हुनेछौँ । अनि राष्ट्रियताको मात्र कुरा गर्दा प्रजातन्त्र छोडेजस्तो हुन्छ र कोरा नारा वा तानाशाहीलाई समर्थन गरेको प्रतीत हुनसक्छ त्यसैले हामीले दुुई वटै सङ्घर्षलाई एकैसाथ लगेनौँ भने हामी तानाशाहीका दलाल हुन्छौँ वा कुनै विदेशी तत्वको दलाल त्यसैले त राष्ट्रियता र प्रजातन्त्र एकै रथका दुुई पाङ्ग्रा हुन् ।
उनले आफूलाई आस्तिक र नास्तिक केही होइन भने पनि स्रष्टा भएका कारण करुणा घनीभूत हुँदा ईश्वरीय सत्तामा घुमाउरो तरिकाले नजिक पुुगेको आभाष मिल्छ । किनकि उनी बिरामी हुँदा बिसेक होस् भनी पाठपूजा गर्ने ईश्वरभक्तहरूले ल्याएका प्रसादलाई स्वीकार गरेका छन् ।
राजनीति, समहित्य र कानुनका त्रिवेणी बीपी सबै पक्षको कोणकोणबाट चिरफार गरेर जनतालाई सम्झाउन सामथ्र्य राख्थे । साहित्य र राजनीतिलाई विरोधी तत्व मान्ने उनको तर्क यस्तो छ : ‘राजनीतिले ऐनकानुन बनाउँछ भने साहित्यले त्यसलाई भत्काउँछ । सर्जकहरूको जिम्मेदारीलाई सम्झाउँदै : साहित्यकार, कलाकार, बौद्धिक र सचेतवर्गले पनि राजनीतिलाई अन्धधुन्द समर्थन गर्न लागे भने तानाशाही प्रवृत्तिले हुर्कने मौका पाउँछ’ । तर, विडम्बना ! आज यही गुदी विचारको उल्टो हिँडेर कथित लोकतन्त्रवादी, वाम र दक्षिण पन्थका हुलका नाइके उपनाइकेहरू बीपीकै नाम भँजादै दालरोटीको जोहोमात्र नभएर अर्कै देशमा धमाधम बसाइँसराइ गर्न अभ्यस्त छन् ।
राजनीति नियममूूलक, रुढीवादतिर झुकेको, यथास्थितिवादमा झुुकाव राख्ने हुन्छ भने साहित्कार एवं बौद्धिक प्राज्ञहरू समालोचकीय भूमिकामा हुन्छन् । त्यसैले त म सधैँ समालोचकको त्रासमा रहन्छुु । हुन त समालोचकको छड कतै कुत्कुत्याउँछ, चिलाउने ठाउँ कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुुङ मार्छ, घाउ चिरिदिन्छ र रालसिँगान पुछिदिन्छ । बीपी प्राज्ञत्वको हुर्मत लिन उनीहरू भाडाका टट्टूू होइनन् भनी आदर भाव दिन्थे ।
बीपीले श्रीमद्भगवत्गीतालाई जेलको साथी बनाएर पाठकीय अनुुभूूति यसरी प्रकट गरेका छन् : ‘गीतामा गहिरिँदा कृष्णको एउटै विचार थियो निष्काम कर्म, गीताले कतै नैतिकताको मापदण्ड बनाएको छैन, निष्काम कर्मको आदर्शले अर्जुनलाई कुरु क्षेत्रको हिरो बनायो । कृष्णमा द्यौता चढ्यो उनको विराट् रूपबाट भ्रमित भएपछि अर्जुन मानव रहेनन् ‘ईश्वरारूढ यन्त्र’ मात्र’ । मोदिआइन उपन्यास महाभारतको नरसंहारलाई देखाउने प्रयत्न गरेको कृति पनि भन्छन्’ । बीपी भन्छन् मान्छे पशुु होइन र देवता पनि हुनसक्दैन’ ।
उनले आफूलाई आस्तिक र नास्तिक केही होइन भने पनि स्रष्टा भएका कारण करुणा घनीभूत हुँदा ईश्वरीय सत्तामा घुमाउरो तरिकाले नजिक पुुगेको आभाष मिल्छ । किनकि उनी बिरामी हुँदा बिसेक होस् भनी पाठपूजा गर्ने ईश्वरभक्तहरूले ल्याएका प्रसादलाई स्वीकार गरेका छन् । अध्यवसायी लतका बीपी जीवनको गतिशीलतालाई स्वीकार गर्दथे । त्यसैले त निचोडमा पुुगेर भने : ‘मलाई लाग्छ : आत्मा अडिन स्वतन्त्रता चाहिन्छ, म जतिसुकै द्वन्द्व र अन्तरद्वन्द्वमा परे पनि भावना, अनुुभूूति र संवेदनालाई जोड दिन चाहन्छु’ ।
अन्ततः उनान्सत्तरी वय बुढ्याएका बीपी बहुुआयामिक, ऊर्जाशील, चिन्तकीय अध्यवसायी व्यक्तित्व तथा दूूरद्रष्टा राजनेता, जनताका प्यारा जननायक र उत्तम पुरुष थिए । यतिखेर नेपालका मूलधारका दलहरू उनैको विचारको ओतको बलमा आफूलाई केही हदसम्म बचाइरहेका छन् । एक स्वप्नद्रष्टा पुरुषको पावन जन्मजयन्तीमा हार्दिक श्रद्धाञ्जलि चढाउँदै अमर आत्माको चिर शान्तिको कामना गर्दछु ! अस्तु ।