चतुर्थी तिथिका स्वामी गणेशजी हुनुहुन्छ (मुहूर्तचिन्तामणि, १।३) । हरेक चतुर्थीमा गणेशजीको विशेष पूजाआराधना हुने गर्दछ । वर्षका तीन चतुर्थीलाई विशेष लिइएको छ । भाद्रशुक्ल चतुर्थी शिवा अर्थात् कल्याणदायी, माघशुक्ल चतुर्थी शान्ता र मंगलचतुर्थी सुखा अर्थात् सुख समृद्धि वृद्धि गर्ने हुन्छन् । मंगलबार चतुर्थी तिथि परेको दिन गरिएका कार्य अक्षय अर्थात् कहिल्यै ननाशिने हुन्छन् भनी भविष्य पुराणमा बताइएको छ : ‘अमा वै सोमवारेण रविवारेण सप्तमी ।
चतुर्थी भौमवारेण अक्षयादपिचाक्षया ।।’ (भविष्यपुराण) यसैले भाद्रशुक्ल चतुर्थी (गणेश चतुर्थी), माघ शुक्लपक्षको चतुर्थी र मंगलबारका दिन पर्ने चतुर्थी तिथि गणेशजीको आराधनाका निम्ति उत्तम दिन हुन् ।
पार्वतीपुत्र शिवगणका मुख्य (ईश) गणेशजीको महिमा अपरम्पार छ । गणेशजीका सगुणरूप धेरै छन् । भगवान्का साकार रूप अनेक पाइन्छन् । निर्गुणमा परब्रहृम नै हुनुहुन्छ । हरेक स्वरूपका आराधना र फलविशेष पाइन्छन् ।
भाद्र शुक्लपक्षको चतुर्थी तिथिलाई गणेश चतुर्थी भनी सम्बोधन गरिन्छ । यसै गरी यस दिनलाई वरद चतुर्थी पनि भनिन्छ । साकार गणेशजीको उत्पत्ति भएको दिन चतुर्थी तिथि रहेकाले पनि यसको विशेष महिमा रहेको हो (गणेशपुराण) । यस दिन गणेशचतुर्थीको व्रत धारण गर्नाले अभीष्ट फल प्राप्त हुने शास्त्रीय महिमा पाइन्छ । भाद्र शुक्ल चतुर्थीका दिन सिद्धिविनायक भगवान्को आराधना गर्नाले कार्यमा सिद्धि प्राप्त हुने शास्त्रीय मान्यता छ । यसदिन उपासना गरिने सिद्धिविनायकको स्वरूपका बारेमा स्कन्दपुराणमा यसरी बताइएको छ :
‘एकदन्तं शूर्पकर्णं नागयज्ञोपवीतिनम् ।
पाशाङ्कुशधरं देवं ध्यायेत्सिद्धिविनायकम् ।।’
(स्कन्दपुराण) अर्थात् एक दाँत धारण गर्नुहुने एकदन्त, नाङ्लाको जस्तै कान फैलिएर सुशोभित हुनुभएका, सर्पलाई नै जनैका रूपमा धारण गर्ने, आफ्ना हातमा पाश र अङ्कुश धारण गर्ने सिद्धिविनायकको ध्यान गर्नुपर्दछ । भाद्रशुक्ल चतुर्थी तिथि आइतबार वा मंगलबार परेको दिन अझ उत्तम मानिएको छ :
‘भाद्रशुक्लचतुर्थी या भौमेनार्केण वायुता ।
महती सात्रविघ्नेशमर्चित्वेष्टं लभेन्नरः ।।’ (निर्णयामृत, निर्णयसिन्धु, चूडामणिटीका, पृ. २५९) । अर्थात् आइतबार वा मंगलबारले युक्त भाद्रशुक्ल चतुर्थीमा सिद्धिविनायकको आराधना गर्नाले चिताएको फल प्राप्त हुन्छ । यसरी अभीष्ट फल प्रदान गर्ने गणेशजीको आराधना यस अवसरमा विशेष हुने गर्दछ ।
गणेशजीको महिमा
पार्वतीपुत्र शिवगणका मुख्य (ईश) गणेशजीको महिमा अपरम्पार छ । गणेशजीका सगुणरूप धेरै छन् । भगवान्का साकार रूप अनेक पाइन्छन् । निर्गुणमा परब्रहृम नै हुनुहुन्छ । हरेक स्वरूपका आराधना र फलविशेष पाइन्छन् । पाञ्चायतन देवतामध्ये एक गणेशजीको महिमा गणेश पुराण, शिवपुराण, स्कन्दपुराणलगायत अन्य पुराणमा पनि उल्लेख पाइन्छ । देवताहरूमा सबैभन्दा पहिले गणेशजीको पूजा हुने गर्दछ । हाम्रा पूजाआराधनाका पद्धतिमा पनि सर्वप्रथम गणेशजीको प्रार्थना गर्ने विधिविधान पाइन्छ । तीनै लोकमा राज्य गर्नका निम्ति इन्द्रले गणेशजीको प्रार्थना गरेको पूजाआराधना गरेका प्रसङ्ग पनि पाइन्छन् ।
यसै गरी रावणले बालीको बन्धनबाट मुक्त हुनका साथै लङ्काको वैभव प्राप्तिका निम्ति पनि गणेशजीको आरधना गरी वरप्रसादमा प्राप्त गरेका हुन् । माता सीताको खोजी कार्य आरम्भपूर्व पनि हनुमान्जीले गणेशजीको आराधना गर्नुभएको थियो । यसै गरी दमयन्तीले नलको खोजी गर्नुपूर्व पनि गणेशजीकै आराधना गरी अभीष्ट सिद्धि प्राप्त गरेको कथा प्रसङ्ग मंगल चतुर्थी माहात्म्यमा उल्लेख पाइन्छ । यसरी समस्त कमना सिद्धि गर्ने देवताका रूपमा गणेशजीको पूजाआराधना हुने गर्दछ ।
महारभारत एवं पुराणका लेखक गणेशजी हुनुहुन्छ । वेदव्यासले भन्ने र गणेशजीले लेख्ने कार्य गरी महाभारत एवं पुराणको रचना भएका प्रसङ्ग पनि पाइन्छन् । स्वर्ग, मत्र्य र पाताल तीनै लोकका विघ्नहर्ता गणेशजी हुनुहुन्छ । गणेशजीलाई दुबो एवं लड्डु विशेष प्रिय रहन्छन् । जसले गणेशजीलाई लड्डु आदि अर्पण गरी पूजा गर्दछन् त्यस्ता व्यक्तिलाई सिद्धि प्राप्त हुन्छ भनी मंगल चतुर्थी माहात्म्यमा बताइएको छ :
‘यःपूजयेद् गणाध्यक्षं मोदकाद्यःप्रयत्नतः ।
तेषां प्रजायते सिद्धिर्निविघ्नं नाद्रत्र संशयः ।।’ (मंगलचतुर्थी माहात्म्य) यसै गरी विद्यार्थीले मंगल चतुर्थीको व्रतधारण गरे विद्या प्राप्त हुन्छ ।
धनार्थीलाई धन, पुत्रार्थीलाई पुत्र, रोगीले व्रत रहे रोगबाट निवृत्ति मिल्छ, पतिको काममना गर्नेले पति अर्थात् जे जस्तो कामना गरेर गणेशजीको आराधना गरिन्छ सोही फल प्राप्त हुन्छ भनी मंगल चतुर्थी माहात्म्यमा फल वर्णन गरिएको छ । यसरी आराधना गर्दा रिद्धि सिद्धिसहित गणेशजीको पूजा हुने गर्दछ । गणेशीको उत्पत्तिका थुप्रै कथा पाइन्छन् । माता पार्वतीले आफ्नो शरीरको मयलबाट एक बालक उत्पन्न गरी उक्त बालकलाई द्वारपाल बनाई स्नान गर्न जानुभयो । यता शिवजी घरमा पस्न खोज्दा बालकले रोके । यसपछि शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकर क्रोधित भएर आफ्नो त्रिशूलले उक्त बालकको शिर छेदन गरिदिनुभयो ।
चतुर्थी सगुण गणेशजी उत्पत्ति भएको दिन हो । यसैले यस दिन गणेशजीको आराधना गर्नाले अभीष्ट सिद्धि प्राप्त हुने फल वर्णन शास्त्रमा पाइन्छन् । चतुर्थी तिथि त्यसमा पनि मङ्गलवार युक्त चतुर्थीलाई विशेष लिइएको छ । यसका साथै भाद्र शुक्लपक्षको चतुर्थी तिथि अझ विशेष दिन हो ।
पछि यी सबै कुरा थाहा भयो । माता पार्वती क्रुद्ध हुनुभयो । देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर शान्त तुल्याए । विष्णु भगवान्ले उत्तर दिशा जाँदा सबैभन्दा पहिले भेटिएको जीव (हात्ती) को टाउको काटेर ल्याउनुभयो । मृत्युञ्जय रुद्रले गजको उक्त शिरलाई बालकको शरीरमा जोडेर पुनर्जीवित गरिदिनुभयो । यसपछि माता पार्वती हर्षित भई गजमुख बालकलाई आफ्नो हृदयमा लगाउनुभयो देवताहरूमा अग्रणी हुने आशीर्वाद दिनुभयो । ब्रहृमा, विष्णु, महेशले पनि बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिएको कथा शिवपुराण अन्तर्गत रुद्रसंहिता (चतुर्थ कुमार खण्ड)मा उल्लेख पाइन्छ । यसै गरी भगवान् शङ्करले बालकलाई –गिरिजानन्दन ! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ ।
तिमी सबैको पूज्य बनेर मेरा समस्त गणहरूको अध्यक्ष हुने छौ । गणेश्वर ! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चन्द्रमाको उदित भएपछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् । कृष्णपक्षको चतुर्थीको रात्रिमा चन्द्रोदयको समय तिम्रो पूजा गरेपश्चात् व्रतीचन्द्रमालाई अर्घ्य दिएर ब्राहृमणलाई मिष्ठान खुवाउन् यसका साथै आफू पनि भोजन गरून् । यसरी श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ भनी वदान दिनुभएका कथा प्रसङ्ग पनि शिवपुराणमा पाइन्छन् । शिवगणका मालिक वा प्रमुख भएकाले गणेश नाम पनि प्रसिद्ध भएको हो ।
चन्द्रदर्शन विचार
चतुर्थी तिथिका दिन चन्द्रदर्शन निषेध गरिएको छ । त्ससमा पनि भाद्रशुक्ल चतुर्थीमा चन्द्र दर्शन नगर्नू भनिएको छ :
‘सिहंहादित्ये शुक्लपक्षे चतुथ्र्यां चन्द्रदर्शनम् ।
मिथ्याभिदूषणं कुर्यात्तस्मात्पश्येन्न तं सदा ।।’ (निर्णयसिन्धु, पृ.२५९) यसरी भाद्र शुक्लपक्षको चतुर्थीमा चन्द्रमाको दर्शन गर्नाले झुटो अपवाद लाग्न सक्छ मिथ्या दोष रहन्छ । संयोगवश चतुर्थीमा चन्द्रमा देखियो भने ‘सिंहः प्रसेनमवशीत्सिंहो जाम्बवताहतः । सुकुमारक मा रोदीस्तव हृयेष स्यमन्तकः ।।’ (विष्णुपराण) भन्ने मन्त्र पाठ गर्नुपर्दछ भनी पराशरको वचन निर्णयसिन्धुमा बताइएको छ । यसैगरी चतुर्थीमा उदाएका चन्द्रमाको पञ्चमीमा दर्शन गर्नुहुन्छ भनी निर्णयसिन्धुमा बताइएको छ : ‘चतथ्र्यांदर्शननिषेधात् तत्रोदितस्यचन्द्रस्य पञ्चम्यां दर्शने तु न दोषः ।’
चतुर्थी सगुण गणेशजी उत्पत्ति भएको दिन हो । यसैले यस दिन गणेशजीको आराधना गर्नाले अभीष्ट सिद्धि प्राप्त हुने फल वर्णन शास्त्रमा पाइन्छन् । चतुर्थी तिथि त्यसमा पनि मङ्गलवार युक्त चतुर्थीलाई विशेष लिइएको छ । यसका साथै भाद्र शुक्लपक्षको चतुर्थी तिथि अझ विशेष दिन हो । भाद्र चतुर्थीका दिन गणेशजीको आरधना गर्नाले, व्रत रहनाले, दुबो एवं लड्डु अर्पण गर्नाले समस्त मनोकामना पूर्ण हुने शास्त्रीय फल स्तुति पाइन्छ । हाम्रा हरेक यज्ञ गणपतिको स्मरणबाट नै आरम्भ हुने गर्दछन् ।
अग्रपूजाको अधिकार गणेशजीलाई दिइएको छ । यसरी आरम्भमा गणेशजीको आराधना गर्नाले विघ्न हुँदैन सफलतापूर्वक कार्य सम्पन्न हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । गणेश चतुर्थीदेखि अनन्त चतुुर्दशीसम्म १४ दिन गणेशोत्सव मनाउने गरिन्छ । नेपालमा एक दिन मनाए पनि भारतको महाराष्ट्रमा १४ दिनसम्म भव्यताका साथ गणेशोत्सव मनाइन्छ । विश्वामित्रले पनि गणेशजीको आराधना गरी ‘ब्रहृम-ऋषि’ हुने वर प्राप्त गरेका कथा पनि शास्त्रमा वर्णन पाइन्छन् । यसरी हेर्दा गणेश चतुर्थीको व्रत सर्वसिद्धिदायी र सर्वकल्याणकारी रहने देखिन्छ ।