✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ भाद्र २२ गते शनिबार, ई.स. २०२४ सेप्टेम्बर ७, तिथि- भाद्र शुक्लपक्ष चतुर्थी, १४ः०५ बजेपछि चतुर्थी, चित्रा- नक्षत्र, १०ः४२ बजेपछि स्वाती, ब्रहृम- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः४६, सूर्यास्त- १८ः१६ ।
मेष : मेवा–मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ
कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।