गुल्मी । नेपाली लोकसङ्गीतमा निरन्तर लाग्नुभएका लोकदोहोरी गायक रामचन्द्र चन्दले सर्जक कलाकारहरुले गर्ने हरेक सिर्जना सांस्कृतिक मूल्यमान्यतामा आधारित हुनुपर्ने बताउनुभएको छ ।
पछिल्लो समय बजारमा आएका तीज गीतसंगै विभिन्न लोक गीत सङ्गीतमा विकृति भित्रिएको भन्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने गीतसङ्गीत आउँन जरुरी रहेको बताउनुभएको हो ।
लोकदोहोरी गायक चन्दले सर्जकले सकारात्मक प्रभावबाट सांस्कृतिक मूल्यमान्यतामा केन्द्रीत भईं सिर्जनाहरुको विषयवस्तु छनोट गर्नुका साथै गीत सङ्गीत र दृश्यमा चित्रण हुनुपर्ने बताउनुभयो ।
सिर्जनशीलतामा ध्यान नपुग्दा सर्जक र श्रोतामा भएको सुमधुर सम्बन्धको विकासमा नकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ । सर्जक, कलाकारहरुको क्षेत्रमा व्यवहारिक र जिम्मेवारीसंगै गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुभयो ।
“सर्जक कलाकारको अपरिपक्व सिर्जनाले गीत सङ्गीतमा विकृति फैलिन्छ । सबै सर्जक कलाकारहरुले परिपक्वताका साथ समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने ढङ्गले आफ्ना सिर्जनाहरुलाई अगाडि बढाउनुपर्छ” उहाँले भन्नुभयो, “सर्जकहरुलाई समाज र संस्कृतिको बारेमा माया संगै जिम्मेवारी हुन जरुरी छ । हरेक सङ्गीतमा भाइचारा र समुदायमा हार्दिकता बढाउने खालको हुनुपर्दछ ।”
गीत सुन्ने भन्दा पनि हेर्ने प्रचलनको विकाससंगै पछिल्लो समयका गीतसङ्गीत व्यवहारिकभन्दा व्यापारिक प्रयोजनले सिर्जना गरिएको हुँदा त्यस्ता सङ्गीत सामग्रीले समाजमा प्रत्यक्ष असर पारेको लोकदोहोरी गायक चन्दले बताउनुभयो ।
अधिकांश पछिल्ला गीत(सङ्गीतमा सामाजिक विकासभन्दा पनि सामाजिक विकृति दुई अर्थि शब्द गीत र संस्कृतिको गरिमा बिर्सेर गरिएको विषयवस्तुले यस क्षेत्रमा विचलनसंगै गलत व्याख्या गरिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच