स्कुस र मुला किलोको २२ रुपैयाँ मात्रै, अन्य तरकारीको भाउ कति ?

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति कालीमाले आज शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

कालीमाटीमा आज सबैभन्दा महँगो तरकारी सिताके च्याउको मूल्य प्रतिकिलो ९७६ रुपैयाँ हुँदा सबैभन्दा सस्तो सेतो मुला र स्कुसको मूल्य २२ रुपैयाँ मात्रै छ।

आज ठूलो भारतीय गोलभेँडा ६५, नेपाली ठूलो गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, आलु ६९, भारतीय प्याज २२३, लोकल गाँजर ९५, बन्दा ५५, ज्यापु काउली १२५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ६५, मकै बोडी ८५, करेला ७५, परबल ३५, घिरौँला ४५, स्कुस २२, कन्य च्याउ १३३, डल्ले च्याउ ४२६, ब्रोकाउली १७६ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

तरकारी तथा फलफूलकाे मूल्यसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *