मुला स्वास्थ्यका लागि फाइदै फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आयुर्वेदका अनुसार मुला स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । विशेता मुला नेपाली समाजमा अचारको रुपमा बढी प्रयोग गरिन्छ ।

साथै मुलालाई परौठा तथा तरकारीका रुपमा पनि प्रयोग गरिन्छ । अझ मुलालाई सलादका रुपमा प्रयोग गर्नाले हामीलाई पेट सम्बन्धि समस्यामा कमि आउँछ ।

बिज्ञानका अनुसार मुलामा फाइटोकेमिकल्स र एंथोक्यानिस नामक तत्व पाइने हुनाले यसले क्यान्सरको जोखिम समेत कम गर्ने स्वास्थ्यविज्ञको भनाई छ । साथै यसले सुगरको लेवल बढ्नबाट रोक्ने काम समेत गर्दछ ।

त्यस्तै मुलामा पाइने भिटामीन सीले रोग प्रतिरोधकको काम समेत गर्दछ ।

मुला खाँदा ब्लड प्रेसर नियन्त्रण हुने बताइएको छ । मुलामा एन्टी हाइपरटेंसिव गुण पाइने हुनाले यसले उच्च रक्तचाप नियन्त्रण गर्नमा सहायक भूमिका खेल्छ । मुलामा प्रयाप्त मात्रामा पोटासियम समेत हुनाले यसले शरीरमा मेसोडियम र पोटासियमको अनुपातको ब्यालेन्समा राख्नुका साथै ब्लड प्रेसर सहि राख्ने स्वस्थ्य विज्ञको सुझाव छ ।

चिसो र खोकीको समस्या भइरहने मानिसका लागि आफ्नो खानामा मुला समावेश गर्दा फाइदा हुन्छ । मुलामा एन्टी कन्जेस्टिव गुण पाइने हुनाले यसले कफ हटाउनमा सहयोग गर्दछ ।

मुला मिर्गौलाका लागि पनि बहुउपयोगी मानिन्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्न काम गर्दछ । यसलाई नेचुरल क्लिींजर पनि भनिन्छ । साथै मुलामा पाइने फाइबर तत्वले कब्जियतका समस्या हुनेहरूका लागि अत्यन्तै फाइदाजनक हुने र पाचन प्रक्रिया पनि राम्रो हुने बताइन्छ ।

मुलामा पर्याप्त मात्रामा फाइवरले पाइने हुनाले यसमा रहेको तत्वले इन्सुलिन नियन्त्रण गर्ने काम गर्दछ । मुलाले सुगर लेवल नबढाउने हुनाले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित बन्दै गएका छन् ।

खानामा मुलाको प्रयोगले पाइल्सको समस्या कम गर्छ ।

कब्जियतका कारण पनि पाइल्स हुने गर्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ ।

त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

यस्तै मुलामा ननडाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ तौल कम गर्नमा लाभदायक मानिन्छ । त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ ।

-पत्रपत्रिकाको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *