ओखलढुंगा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सिता गुरुङले पार्टीको चुनावमा प्रतिस्पर्धा गर्ने समूह मिल्न नसकेर गुट जन्मेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली कांग्रेसको सिद्धान्तअनुसार नेतृत्व चयन गर्दा दुई वा दुई भन्दा बढी समुह बीच प्रतिस्पर्धा गरेर आउनु पर्ने भएकाे बताउँदै उहाँले पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्ने समुहहरु कहिल्यै एक हुन नसकेकाे बताउनु भयाे। जसले गर्दा पार्टीमा गुट र उपगुट जन्मेको उहाँले बताउनु भयो । पार्टीको आन्तरिक चुनाउमा भाग लिएका समूहले एकापसमा मिलेर काम गर्नु पर्ने हो तर पार्टीका सिद्धान्त बुझेर पनि चुनाव ताकाका समूह मिल्नै सकेनन् । यि समुहहरु मिल्न नसक्नु पार्टी हित विपरित र पार्टीको सिद्धान्त विपरीत भएको बताउनु भयो ।
पहिला अरु दलहरुमा चुनावको अभ्यास नभएकाे बताउँदे उहाँले अहिले केहि दलहरुमा चुनावको अभ्यास शुरु भएको बताउनु भयाे। आन्तरिक पार्टीमा चुनाव मार्फत प्रतिस्पर्धा गर्दा चुनाव सम्बन्धी ज्ञान प्राप्त हुने उहाँकाे भनाइ थियाे। जसले गर्दा अरु चुनाउमा प्रतिस्पर्धा गर्न सजिलो हुनुका साथै सबैले चुनेको सक्षम नेतृत्व चयन गर्ने अवसर भएको उहाँले बताउनु भयो ।
उहाँले अमेरीकामा पनि पार्टीको उम्मेदवार छनौट गर्न प्रतिस्पर्धा हुने गरेको संझदै, त्यहाँ प्रतिस्पर्धाबाट जो उम्मेदवार छनौट हुन्छ, उसैलाई खुलेर सहयोग गर्ने गर्छन् । त्यहाँ पार्टीको निर्णय विपरित कसैले काम नगर्ने र पार्टीको अधिकारीक उम्मेदवारलाई सबैले सहयोग गर्दछन् । तर यहाँ त वडामा भएको प्रतिसपर्धाको तिक्तता बोकेर हिडेको हिडेई गर्छाै । यसले समग्र चुनाउमा असर गर्ने हुनाले यो पार्टीको हित विपरित हो, ‘उहाले भन्नुभयो ।’
क्षमता बढाएर, अरु सँग प्रतिस्पर्धामा जुध्ने कुरा भन्दा पनि अधिबेशनमा आफ्नै साथीसँग लडेको सपनामा पनि देख्ने, बिपनामा पनि देख्ने, मान्छे भेट्दा पनि देख्ने, छिमेकी भेट्दा पनि त्यहि प्रतिस्पर्धी साथी देख्ने प्रवृती छ । यो प्रवृतीलाई सुधार गर्न सक्यौँ भने नेपाली कांग्रेस जस्तो शैदान्तीक रुपमा स्पष्ट, पुरानो र हरेक राजनीतिक परिवर्तनमा नेतृत्व गर्न सफल भएको पार्टीले डराउनु पर्ने अवस्था नभएको बताउदै यो प्रतिस्पर्धा हो, यो पार्टीको नीति हो भनेर सम्झदै यसलाई सधै लिएर जानुहुदैन, हामीभित्र एकता जरुरी छ भनेर अगाढी बढ्न समेत अनुरोध गर्नु भयो ।
पार्टीले निर्णय गर्नुअगाडी बिरोध गर्न पनि पाइन्छ, सुझाव दिन पनि पाइन्छ । तर निर्णय गरेपछि त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्छ । तर अहिले पार्टीले गरेको निर्णय मान्न छोडीसकेका छन् । वर्षमा ३ सय ६५ दिन हुन्छ, ३ सय ६४ दिन पार्टीलाई सुदृढ बनाउछु भनेर लाग्छन् टिक्छन्, तर एक दिन ३ सय ६५औँ दिन नटिक्ने परम्परा देशभरी छ । यसले देश र पार्टीलाई असर पु¥याएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच