हुम्ला । हुम्लामा रहेका राष्ट्रिय मान्यता प्राप्त विभिन्न राजनीतिक दलहरुको साँझा सर्वदलीय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार बसेको सर्वदलीय संयन्त्र बैठकले दुईवटा निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।
जिल्ला स्थित विभिन्न नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), राप्रपा हुम्लाका नरेन्द्रबहादुर शाहीको उपस्थितमा बैठक सम्पन्न भएको हो ।
सर्वदीय संयन्त्र बैठकले हुम्लाको सुशासन र विकास कार्यका लागि प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखहरुसँग समन्वय बैठक गर्ने, स्थानीय सरकारबाट हुँदै गरेको सेवा प्रवाह, बजेट, योजना र विकासे गतिविधिहरुको समीक्षा र आगामी कार्य योजनाबारे जनप्रतिनिधिहरुसँग छलफल गर्ने निर्णय भएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति रोकायाले बताउनुभयो ।
सर्वदलीय संयन्त्र हुम्लाको बैठक प्रत्येक महिनामा बस्दै आएको छ । विभिन्न समयमा बसेको बैठकले जिल्लामा हुने विकास, निर्माण, अनिमितता लगायतका विषयवस्तुको उजागर गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच