नयाँदिल्ली । भारतीय टोलीलाई हालै ट्वान्टी-२० विश्वकपको उपाधि दिलाउनुभएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ । उहाँ यसअघि सन् २०११ र २०१५ को बीचमा यस फ्रान्चाइजीसँग आबद्ध हुनुहुन्थ्यो । त्यसअघि उहाँले यो टोलीको कप्तानी सम्हाल्नुभएको थियो ।
द्रविडको पहिलो चुनौती मेगा अक्सन हुनेछ, जुन डिसेम्बरमा हुने सम्भावना छ । उहाँले रोयल्सका क्रिकेट निर्देशक कुमार संगाकारासँग फ्रेन्चाइजको समग्र क्रिकेट रणनीति बनाउन पनि काम गर्नुहुनेछ ।
द्रविडले आइपिएल (२०१२ र ०१३) मा राजस्थानको कप्तानी गर्नुका साथै (२०१४ र ०१५) मा मेन्टर भूमिका पनि निर्वाह गर्नुभएको थियो । यसपछि उहाँ २०१६ मा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) जानुभएको थियो । २०१९ मा उहाँ बेंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) को प्रमुख बन्नुभएको थियो । २०२१ मा उहाँ भारतीय टोलीको मुख्य प्रशिक्षक बन्नुभयो र उहाँको कार्यकालमा भारतीय टोलीले आइसिसी ट्रफीको खडेरी अन्त्य गरेको थियो ।
राजस्थानले द्रविडको सहायक प्रशिक्षकमा विक्रम राठौरलाई पनि समावेश गर्न सक्ने बताइएको छ । राठौर यसअघि भारतीय टोलीको छनोटकर्ता हुनुहुन्थ्यो र एनसिएमा द्रविडको कोचिङ स्टाफको हिस्सा पनि हुनुहुन्थ्यो । द्रविडको भारतीय प्रशिक्षकको कार्यकालमा राठौरले भारतीय टोलीको ब्याटिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । सन् २००८ को आइपिएलको पहिलो सिजनदेखि राजस्थानले कुनै पनि ट्रफी जितेको छैन । यसपछि राजस्थानको उत्कृष्ट प्रदर्शन २०२२ मा गुजरात टाइटन्ससँग फाइनल खेल्नु थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच