एजेन्सी । विश्व नम्बर एक यानिक सिनर पहिलोपटक युएस ओपन टेनिसको फाइनल प्रवेश गर्नुभएको छ । न्युयोर्कमा शनिबार बिहान भएको खेलमा इटालियन सिनरले बेलायतका ड्रापरलाई सोझो सेटमा पराजित गर्नुभएको हो । पहिलो सेटमा २३ वर्षीय सिनर र २२ वर्षीय ड्रापरबीच कडा प्रतिस्पर्धा भयो । सिनर ७-५ ले विजयी हुनुभयो । दोस्रो सेट दुवैका लागि शारीरिक रूपमा पनि कठिन रहृयो ।
सिनरले नाडीको चोटसँग संघर्ष गर्नुभएको थियो । गर्मी र हृयुमिडिटीका कारण दुवै खेलाडीलाई खेल्न निकै असहज भएको थियो । जसका कारण विश्व वरीयताको २५औँ स्थानमा रहनुभएका ड्रापरले तीनपटक बान्ता गर्नुभएको थियो । टाइब्रेकरमा पुगेको यो सेट ७-६ ले सिनरकै पक्षमा रहृयो । तेस्रो सेटमा भने ड्रापरलाई सहज रूपमा ६-२ ले पराजित गर्दै सिनर दोस्रो ग्रान्डस्लाम उपाधिनजिक पुग्न सफल हुनुभयो ।
उहाँले वर्षको सुरुवातमा अस्ट्रेलियन ओपन जित्नुभएको थियो । सिनरसँग तीन घण्टा चार मिनेटसम्म प्रतिस्पर्धा गर्नुभएका ड्रापरलाई दश डबल फल्ट्सले करियरको पहिलो ग्रान्डस्लाम फाइनल पुग्नबाट रोक्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच