काठमाडौं । गोल्डेन गेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेन गेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२-४० को साँघुरो अन्तरले पराजित गर्यो ।
गोल्डेन गेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोड्नुभयो । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्या नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
अतिरिक्त समयको खेल ३-१ ले आफ्नो पक्षमा पार्दै गोल्डेन गेटले उपाधि सुनिश्चित गरेको थियो । निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वाटरमा गोल्डेन गेटले क्रमशः १०-११, ७-४, ८-१० र १४-१४ को प्रदर्शन गरेको थियो ।
उपाधिसँंगै गोल्डेन गेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी, पदक र गिफ्ट हृयाम्पर प्राप्त गरे ।
विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसियु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसियुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पिइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पिइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । छदिने प्रतियोगितामा सात टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच