काठमाडौं । चलचित्र ‘एक्लो’को यतिबेला उपल्लो मुस्ताङमा छायांकन भइरहेको छ । साइन्स फिक्सनमा आधारित चलचित्र झन्डै ४० लाख रुपैयाँको सेट तयार गरेर उपल्लो मुस्ताङमा छायांकन थालिएको हो ।
प्रदीप शाहीको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, अवोन राज उप्रेती, सुरज सिङ ठकुरी, त्रुचु राई, कृश्न भक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षीतिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेठ, स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने निर्माणपक्षले जनाएको छ । जेमी यो चलचित्र छायांकनका लागि गत मंगलबार नेपाल आउनुभएको थियो ।
चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ्, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन रहनुभएको छ भने कार्यकारी निर्माता विनोद सुवेदी क्षीतिज रहनुभएको छ । बाबु श्रेष्ठको छायांकन रहने चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा, एक्सन डाइरेक्टरमा राजु तामाङ, ड्रेस डिजाइनरमा विमल पुन तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहनुभएको छ ।