‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन)देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘सिनेमा हेर्न जाउँ’ बोलको गीत सार्वजनिक भएको हो । अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय चलचित्रमा डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपाल नृत्य गर्दै प्रस्तुत हुनुहुन्छ ।

सार्वजनिक गीतमा उहाँहरूको प्रेम देखाउन खोजिएको छ । यो गीतका कोरियोग्राफर सुनिल क्षेत्री हुनुहुन्छ । अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको गीतमा भारतीय गायक नाकाश अजिजको स्वर छ ।

चलचित्रमा समीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा हुनुहुन्छ । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भीष्म जोशी, तारा शर्मा, स्टण्ट सिल्भा (साउथ चलचित्रका चर्चित कलाकार)लगायतको ‘१२ गाउँ’मा अभिनय छ ।

चलचित्रमा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टण्ट सिल्भाले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *