काठमाडौं । पाथीभरामा केबुलकार निर्माणविरुद्ध स्थानीयवासी आन्दोनलमा उत्रिएका छन् । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै विभिन्न आधा दर्जन संस्थाले ‘मुक्कुमलुङ छोड’ आन्दोलन घोषणा हुन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मुक्कुमलुङलाई मुन्धुमीस्थलका रूपमा नियन्त्रण, संरक्षण गर्न र पाथीभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफलबाट सहमति नभई मुक्कुमलुङमा केबलकार निर्माण कार्य नगर्ने भन्ने सम्झौता उल्लंघन भएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् ।
सरकारी र व्यापारिक समूहबाट बलमिच्याइँ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबुलकार निर्माण सुरु गरिएको भन्दै केबुलकारको लाइसेन्स खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । मुक्कुमलुङमा केबुलकार निर्माण गर्ने व्यापारी कम्पनीलाई केबलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुमलुङ छोड्न सातदिने अल्टिमेटम दिइएको छ ।
उनीहरूले केबुलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरी भदौ २४ गतेदेखि केबुलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुङ्लिङ बजारदेखि तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन् । राज्य र स्थानीय नगरपालिका र गाउँपालिकाहरूले अन्यायको विरोध गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्नु दिनदहाडै मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चको निरन्तरता भएको उनीहरूको आरोप छ ।
आन्दोलनमा प्रसाद लिम्बू संयोजक रहेको मुक्कुमलुङ संरक्षण संयुक्त सघर्ष समिति, खगेन्द्र फेम्बू, संयोजक रहेको पाथीभरा केबुलकार खारेजी संयुक्त संघर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, संघीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू बरगत संस्था (याक्युड सयङ) सहजीकरण समूह, प्रेम एक्तेन, संयोजक रहेको प्रदेश नम्बर १ प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति, रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नम्बर १ प्रदेश पुनः मनोनयन अभियान समिति र सरस्वती सिंह (सरु), प्रतिनिधि, मुम्कुमलुङ तनहाप चुम्बी समूह रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच