काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरको उपस्थिति थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उद्घाटन गर्नुभएको कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुख, शाखा तथा उपशाखाका प्रमुख, पेशागत बिमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति थियो ।
असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आउनुभएका अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बिमा बजारीकरणका लागि आवश्यक सीपबारेमा प्रकाश पार्नुभएको थियो ।
मानिसको जीवनमा जीवन बिमा एक आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्व नबुझेका कारण बिमालाई बजारीकरण गर्न गाह्रो भएको र अवस्थामा अभिकर्ताले बिमाको महत्वमाथि प्रकाश पार्न सके बिमा बजारमा धेरै नै सम्भावना रहेको बताउनुभयो ।
अभिकर्ताको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र त्यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कम्पनीले बिमा अभिकर्तालाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान सीपलाई निखार्न यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्य प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य तीन सय १४ एजेन्सी तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो ।
कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बिमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बिमा अभिकर्ता संघ, नेपाल बिमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले जीवन बिमाको महत्वलाई समाजको तल्लो तहसम्म सम्प्रेषण गरी जीवन बिमाको दायरामा नरहेका नेपाली नागरिकलाई बिमा दायरामा ल्याई जीवन बिमाको पहुँचलाई विस्तार गर्न आग्रह गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच