चोरेर गाई काटेको आरोपमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 3 mins

झापा । गोठमा बाँधेको गाई राति चोरेर लगेर काट्ने मध्येका एकजनालाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडागीका प्रेम विष्ट छन् । विष्ट दमक नगरपालिका-५ मा बस्दै आएका व्यक्ति हुन् ।

विष्टले लुकाइ राखेको अवस्थामा प्रहरीले गाई काट्न प्रयोग गरिएको खुकुरी, बन्चरो लगायतका घरेलु हतियार र मासु जोख्न प्रयोग गरिएको ढकतराजु तथा गाईको मासुसमेत बरामद गरेको छ । गौ हत्यामा सम्लग्न विष्ट इलाका प्रहरी कार्यालय दमकको हिरासतमा छन् ।

गौ हत्यामा सम्लग्नलाई पक्राउ गरी कारबाही गर्न आन्दोलन सुरु गरेपछि प्रहरी दबाबमा परेको हो । विष्ट पक्राउ परेपछि उनको बयानका आधारमा घटनामा सम्लग्न अरुहरु पनि पक्राउ पर्ने दमक प्रहरीले विश्वास लिएको छ ।

यद्यपि, यो समाचार तयार पार्दासम्म अन्य कोही पक्राउ परेका छैनन् । प्रहरीले घटनामा सम्लग्न भएको हुनसक्ने आठ जनालाई बोलाएर सोधपुछ हरेको थियो । त्यही क्रममा विष्ट पक्राउ गरेका हुन् ।

गत मंगलबार राति दमक नगरपालिका-२ का लक्ष्मण विष्टको दमक-१ मा रहेको गोठबाट गाई चोरी भएको थियो । गोठबाट करिब सयको दुरीमा रहेको अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिरको प्रवेशगेट नजिक गाई काटिएको थियो ।

राष्ट्रिय जनावर, गौमाताका रूपमा पुजिदै आएलो बाँधेको गाई चोर्नु, मन्दिरको गेटमा लगेर काट्नु धार्मिक विश्वास माथी बोलिएको धावा भन्दै हिन्दुवादी संगठन बिच्किएका छन् ।

घटनामा सम्लग्न सबैलाई पक्राउ गरि कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी ती संगठनले दिएका छन् । पक्राउ परेका विष्टलाई आज सार्वजनिक गर्ने तयारी दमक प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *