ललितपुर । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिनुभयो । भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”
ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले रु १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच