काठमाडाैं । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउमा स्थानीयहरु विरोधमा उत्रिएका छन् । सर्वोच्च अदालतको आदेश संगै काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको छ ।
यस्तै आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन् । सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी