हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नमस्ते फोरजी सेवाले काम नगर्दा सिमकोट र नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।
चीनसँग जोडिएको नाम्खा गाउँपालिकाको पहलमा तीन वर्षअघि फोरजी जडान भएको नमस्ते टेलिफोन सेवाको फोरजीले काम नगर्दा सेवाग्राहीले इन्टरनेटमा जोडिन नसकेको गुनासो गरेका छन् । पातिहाल्नमा राखिएको नेपाल टेलिकम सेवाको फोरजीले विहान दश बजेदेखि बेलुका चार बजेसम्म सात घण्टा मात्रै काम गर्दा इन्टरनेटमा जोडिन नसकेको यहाँका सेवाग्राहीले गुनासो गरेका छन् ।
उक्त टावरले अन्य समयमा काम नगर्दा सेवाबाट बञ्चित हुनु परेको पत्रकार तथा स्थानीय मन्दिर सिंहले बताउनुभयो । टावरमा जडान गरिएका सबै सामग्री पुराना भइसकेका कारण फोरजी सेवाले दिउँसोको समयमा मात्रै काम गर्दै आएको सिंहको भनाई छ । फोरजी सेवाका लागि जडान गरिएका सोलार प्यानल पुराना भएर पावर क्षमताले धान्न नसक्दा थप समस्या बनाएको हो ।
पटक पटक नेपाल टेलिकम शाखा हुम्लालाई २४ सै घण्टा सेवा विस्तारका लागि हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएको सिंहले बताउनुभयो । विहान दश बजदेखि चारबजेसम्म काम गर्दा स्थानीय कतिपयले फोनका लागि भ्वाइस प्याक र फोरजी डाटाका लागि रिचार्ज गरेर प्याक तान्दा त्यतिकै खेर जाने गरेको गुनासो छ । बारम्बार सोलार नयाँ जडानका लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउँदा पनि कोही कसैले चासो नदेखाएको डाडाफायाँका स्थानीयको भनाई छ ।
हिल्दुम जलविद्युतको विद्युत सेवा यस क्षेत्रमा पुगेको भएपनि जडान नगरेका कारण पुराना सोलारले पावर नपुग्दा थप समस्या बनाएको हो । टारवमा राखिएका सोलारसहितका सबै सिस्टम समेत पुराना भएकाले पनि टावरले धोका दिन गरेको सिंहको भनाई छ । नयाँ सोलारसहितको माग गरेपनि सम्बोधन हुन नसकेको उहाँको भनाई छ । सिमकोट गाउँपालिका-७ र ८ का पुरै वडावासीसहित नाम्खा गाउँपालिकाको केर्मी, धिगा, हेप्कालगायत गाउँका सेवाग्राहीले समस्या भोग्नु परेको सिंहले बताउनुभयो ।
उक्त टावर व्यवस्थीत गर्नका लागि सम्बन्धित निकायले व्यवास्था गरेको यहाँका अर्का स्थानीय बिर बहादुर सिंहले बताउनुभयो । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टा पैदल हिँडेर सदरमुका सिमकोटमा आएर इन्टरनेट सेवामा जोडिएर सम्पर्कमा आउनु पर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । उक्त क्षेत्रमा रहेको टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ । लामो समयदेखि विहान र रातीको समयमा सामाजिक सञ्जाल इन्टरनेटमा आफन्तसँग सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच