भोजपुर । भोजपुरको पूर्वी चम्पेमा नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ । माग भए अनुसार अस्थायी प्रहरी चौकी स्वीकृत भएको हो ।
अरुण गाउँपालिकाको वडा नम्वर २ मा पर्ने चम्पेलाई भोजपुरको पुरानो बजारकारुपमा चिनिन्छ । यस ठाउँमा औंसी र पुर्णिमाको दिन हाट बजार समेत लाग्ने गरेको स्थानीय शंकर आचार्यले बताउनुभयो । गाउँपालिका र स्थानीयले प्रहरी चौकी स्थापनाका लागि आवश्यक प्रक्रिया पुरा गरी गृह मन्त्रालयसँग चम्पेमा चौकीका लागि माग गरेका थिए । सोही अनुसार अहिले अस्थायी प्रहरी चौकी स्वीकृत भएको गाउँपालिकाले जनाएको छ ।
अतिरिक्त प्रहरी महानिरिक्षक एआईजी भिम ढकालको विशेष पहलमा अस्थायी प्रहरी चौकी स्वीकृत भएको छ । अगामी दशै अगाडी चम्पेमा प्रहरी चौकी स्थापनाका लागि तयारी थालिएको छ । चम्पे ब्यापरिक दृष्टिले पनि पुरानो थलो भएका हुनाले यस क्षेत्रमा सुरक्षा निकायको पनि आवश्यक भएकाले चौकी स्थापनाका लागि माग गरिएको अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।